Advertisement

कपिलवस्तु शिबराज नगर प्रमुख अजय थापाले शिबराजमा रास्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक बनाउने

२०७९ मंसिर २०, मंगलवार १०:१८
६८
उद्धब बञ्जारा

कपिलवस्तु शिबराज नगर प्रमुख अजय थापाले शिबराजमा रास्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक बनाउने भएका छन । नगरको बिभुती पार्कको लागि छुट्टाइएको बजेट बाट शाहको जङी सालिक बनाइने भएको हो ।
नगर प्रमुख थापाले आफ्नो आफ्नो पहिलो कार्य कालमा बिभुतिको सम्मानमा छुट्टाएको बिभुती स्मृति पार्क निर्माण बजेटबाट शाहको सालिक बनाउने भएका हुन । आज नगरको वडा न ३ मा जन प्रतिनिधि स्थानीय राजनीति बुद्धि जिबिहरु सगको छलफल पछि वडाको खरेन्द्रपुर चोकमा राष्ट्र निर्माता शाहको जङी सालिक बनाउने निर्णय भएको भयको छ ।
खरेन्द्र्पुरमा राष्ट्र निर्माताको सालिक बनेपछी पार्कको रुपमा सोही ठाउँलाई बिकास गर्दै लैजाने मेयर थापाले बताउनु भयको छ ।बिभुती पार्कको लागि नगरले २५ लाख बजेट बिनियोजित गरेको छ ।