यस्तो छ ताल बाराही भगवती मन्दिरको किम्बदन्ती र कथा

यस्तो छ ताल बाराही भगवती मन्दिरको किम्बदन्ती र कथा
परापूर्व कालमा फेवाताल भएको ठाउँमा बस्ती थियो । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकोमा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते ।
घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने– ‘यो गाउँ चाडै जलमग्न हुनेछ । तपाइ भने अग्लो ठाउँमा चाडै जानु ।’ जोगी हिँडेको केही समय लगत्तै स्वाँ… आवाज आयो । स्वाँ… सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाह अनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन । उनको मृत्युपछि विसं १४६७ मा घरको झुप्रोमा मूर्ति स्थापना गरे ।
फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । उनले सपना अनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाए । र, क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो.