दासत्वको शुरूवात !!!

दासत्वको शुरूवात !!!
“न्यु वर्ल्ड अर्डर” को योजना अनुसार भारतमा नयाँ “डिजिटल पैसा” को चलन शुरु भैसकेको छ । यो नै दासत्वको शुरूवात हो ।
अब छिट्टै नै कागजी रुपैयाँको प्रचलन बन्द गरिनेछ । कागजी रुपैयाँ बन्द गराउनको लागि cash less society को अवधारणा ल्याइएको छ । cash less society को अभ्यास केही वर्ष अघि देखि नै पश्चिमा मुलुकमा गरिदै आएको थियो । केही बर्ष अघि भारतमा “नोटबन्दी” गरिनुको रहस्य पनि त्यसैको एउटा अभ्यास थियो । नेपालमा पनि “नोटबन्दी” र “डिजिटल पैसा” को चर्चा व्यापक रूपमा चलिरहेको छ । कागजी रुपैयाँको प्रचलन समाप्त पारेर सबै कारोबारहरु डिजिटल कुरेन्सीकै आधारमा किनबेच हुने भएपछि तपाईंले कतिबेला के किन्नुभयो र कतिथोक किन्नुभयो भन्ने सबै रेकर्ड विश्वबैंक सम्म पुग्छ । त्यतिमात्र हैन, उनीहरुले चाहेको चिज मात्र किनबेच गर्न पाउनुहुनेछ । किनकि पेमेन्ट गर्ने सर्भर र कुरेन्सीको बागडोर उनीहरुको नियन्त्रणमा गैसकेको हुनेछ । आफ्नै खातामा भएको पैसा पनि उनीहरुको इच्छा अनुसार चलाउनुपर्ने हुन्छ । एकदिनमा कति सम्म चलाउने र कुन कुन चिजमा चलाउने भन्ने निर्णय उनीहरुकै हुनेछ । यो हो डिजिटल गुलामीको शुरूवात । यहि टेक्नोलोजीको लागि नै 5G नेटवर्क आवस्यक परेको हो । नेपाल सरकारले पनि २०२५ भित्र देशैभर 5G सेवा शुरु गर्ने नीति अपनाएको छ र धमाधम काम भैरहेको छ ।
अब बुझ्नुस, यस्तै नीति अपनाएर संसारलाई गुलाम बनाउने योजना अनुसार नै ल्याइएको थियो कथित महामारी । यसैको लागि घोचिएको थियो अमृत बुटि । यसैको लागि आउदैछ माइक्रो चीप । अनि यसैको लागि गरिएको थियो विश्वको अर्थतन्त्र ध्वस्त ।
गुलाम बनाउनकै लागि दिइएको थियो ऋणै ऋणमा डुबेको देशलाई पनि खरबौं खरबको ऋण । ताकी सबैलाई सजिलै दास गुलाम बनाउन सकियोस् । अब फेरि डिजिटल कुरेन्सीको लागि थप ऋण आउने पक्का छ । त्यो ऋणबाट बन्ने कुरेन्सीको रिमोट विश्वबैंकको नै हुनेछ । हामी थाहै नपाई गुलाम भैसकेका हुनेछौं ।
कृपया “कन्स्पिरेसी थेउरी” भन्ने विद्वान मित्रहरूले यथार्थ बुझ्नुहोला, धन्यवाद 🙏🙏