`स्वास्नी´ शब्दको अर्थ पनि हेरौँ न !

स्वास्नी’ शब्द भन्न त छोडियो छोडियो । यो शब्द नै नराम्रो भएजसरी प्रस्तुत गर्न थालिएको छ । त्यसो त ‘स्वास्नी’ भनेर लोग्नेहरूले भन्न पनि छोडे । तर, महिलाहरू यस्ता शब्दको सम्बोधनबाट मुख बटार्छन् ।
स्वास्नी शब्दको अर्थ पनि हेरौँ न !संस्कृतको ‘सुवासिनी’बाट अपभ्रंश भएर ‘स्वास्नी’बनेको हो । संस्कृतमा यसको परम्परागत अर्थ ‘माइतीमा बस्ने स्त्री’ भन्ने पनि हुन्छ । तर, सुवासिनीको सीधा अर्थ ‘मगमग सुवास आउने स्त्री’ भन्ने हुन्छ ।
विवाहपछि लोग्नेको सम्पूर्ण वासना उही पत्नीको सुगन्धमा समाहित हुन्छ र अन्य कुनै वासनात्मक क्रियाकलापमा ऊ सामेल हुँदैन भन्ने मान्यता यसले बोकेको छ । सुवास दिने भएर सुवासिनी भएको हो । यसरी यति सुन्दर र सम्मानले मनै आनन्दित बनाउने स्वास्नी शब्दको अर्थ थाहा नपाई नियतवश अपमानबोधक शब्द भन्दै किन हिँड्ने ? अर्धज्ञानकै कारण सुन्दर अर्थ लाग्ने हाम्रा मौलिक शब्द हाम्रो बोलीचालीबाट हराउँदै छन् । यति राम्रा शब्दप्रति घृणा पालेर उच्चारण नै गर्न छोडिसकेका छौँ हामीले । शब्दसँगै संस्कृतिमा हुने आक्रमणको परिणाम कति डरलाग्दो हुन्छ भनेर सांस्कृतिक आक्रमणबाट पर्ने असरबारे जान्न हामी टाढा जानुपर्दैन भारतलाई हेरे पुग्छ।
नेपाली भाषाका यति सुन्दर शब्द किन विवादमा छन् भनेर जान्न र यी शब्दमै विभेद छ भनेर आउने पुस्तामा किन रट्टा लगाइँदै छ भन्ने जान्न नेपालमाथिको भूराजनीति हेर्नु जरुरी हुन्छ । नेपाल भूराजनीतिक हिसाबले पनि पश्चिमाहरूको प्रमुख चासोको देश बनेको छ ।
परम्परागत रुपमा चल्दै आएका नेपाली बोलिचालिमा प्रयोग भएका मौलिक शब्दलाई हीनताबोधक अर्थ लगाइयो र आन्दोलन गरेर शब्दकोशबाट हटाउने अभियान चल्यो । गणतन्त्र आएपछि यस्ता शब्द हटाउने देखि अन्य धेरै क्षेत्रमा प्रहार भयो। कुरै नबुझि अन्य शब्द लादिएको पनि छ। किन यसो गरेर भाषा मास्न थालिएको छ हामीले बुझ्नु पर्ने छ। जान्नु पर्ने छ। सचेत हुनु पर्ने छ।
जय सनातन।
सामाग्री स्रोत -विनु पोखरेल