
तराईमा स्याउखेतीको सम्भावना

तराईमा स्याउखेतीको सम्भावना
परिचय
रोजेजी (Rosaceae) परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस पुमिला (Malus pumila) हो । यस्को उत्पति दक्षिण-पश्चिम एसिया, पूर्वी युरोप र दक्षिण-पश्चिम साइवेरीयामा भएको मानिन्छ । नेपालका केही भागहरुमा पनि स्याउका जंगली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाईने ईडिमयल (Endimayal) र सुर्खिलो (Surkhilo) जस्ता बनस्पतिहरु विकसित स्याउका जंगलीनातेदारको रुपमा लिन सकिन्छ ।नेपालमा स्याउ खेतीको विकासको प्रयास भने वि.सं. २०१९-२०२१ को दोश्रो तीन वर्षीय योजना अवधिमा कीर्तिपुर, दामन, रसुवा, बैतडी आदि ठाउंमा वागवानी फार्महरु स्थापना भएपछि मात्र शुरु भएको र त्यस योजना अवधिमा भारत लगायत अन्य विभिन्न देशवाट उन्नत जातका स्याउका विरुवाहरु ल्याएर खेती गर्न शुरु गरिएको पाईन्छ । सन् १९३७ मा श्री ३ चन्द्र शम्सेरको पालामा जापान र इटालीवाट स्याउका केही वोट ल्याएर छाउनी, बालाजु र गोदावरीमा लगाइएको भेटिन्छ । नेपालको जुम्ला, मनांग, मुस्तांग, डोल्पा, मुगु, कालीकोट र हुम्ला लगायतका जिल्लाहरुमा ब्यबसायिक रुपमा स्याउको खेती हुदै आएको छ ।
तराइमा लगाउन सकिने जातहरु
🌱.अन्ना
यो जात को बिकास इजरायल मा भयको हो र यो जात विशेष गरि समुन्द्र सतह देखि १०००-१६०० मिटर सम्म लगाउन सकिन्छ विशेषगरी यो जात नेपाल मा राम्रो हुन सकेन
🌱.हरिवन ९९(hrmn-99)
यो जात को बिकास भारत को बिलासपुर जिल्ला का बैज्ञानिक श्री हरिवन सर्मा ले गरेका हुन | यो जात विशेषगरी समुन्द्री सतह देखि २५००-२६०० मिटर सम्म लगाउन सकिन्छ यो जात को स्याउ ४५°c तापक्रम सम्म लगाउन सकिन्छ र हरिवन सर्मा ले १५ बर्स अनुसन्धान गरि यो जात पत्ता लगायका हुन र उनी बैज्ञानिक लाई भारत सरकार ले सम्मानित पनि गरेको छ हाल यो जात को बिरुवा भारत को गुजरात, हरियाडा,पन्जाब,बिहार,बङ्गाल,लगायत विभिन्न ठाउँ मा सफल परिछ्ड भैसकेको छ र
हाल नेपाल को झापा ,भैरहवा ,लम्जुङ मा राम्रो प्रतिफल दिरहेको छ यो जात विशेष गरि नेपाल को तराइ देखि पहाडि भुभाग सम्म लगाउन सकिने भयकोले गर्दा यो बिरुवा को माग धेरै छ!
उपयुक्त हावापानी
hrmn-99 स्याउको ब्यबसायिक खेतीको लागी हिउँ पर्ने ठाउ देखि ४५°सेल्सियस सम्म को तापक्रमको सहन सने हुन्छ । यो स्याउ नेपालमा समुन्द्र सतह देखि २५००-२६०० मिटर उचाई भएको स्थान सम्म यो जात को स्याउ खेती गर्न सकिन्छ । स्याउको बोटको सक्रिय बृद्धि विकास हुन २१० देखि २४० सेल्सियस औषत तापक्रमको आवश्यकता पर्दछ । स्याउको फुल फुलेको अवस्थामा कम तापक्रम, बर्षा, र बदली भई रहेमा परागसेचन प्रक्रियालाई बाधा पुगी फल उत्पादन घट्दछ।स्याउ फलको बृद्धि विकास हुन प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ तसर्थ जेठ देखी भाद्र सम्म घमाईलो दिन भएमा फलको राम्रो बृद्धि बिकास हुन्छ । फलमा रङ्ग आउनको लागि घामको आवश्यकता पर्दछ । स्याउ खेतीको लागि फूल फुल्ने समयमा असिना पर्न हुदैन । स्याउको राम्रो गुणस्तरीय फल उत्पादनको लागी बार्षिक २०० देखि २५० मिलि मिटर बर्षा जुन फागुन देखि असार सम्म बराबर हिसाबले परेको हुनु पर्दछ । स्याउको फलको बृद्धि बिकासको समयमा माटो सुख्खा हुन हुदैन अन्यथो फलको साईज घटने, फलको संख्या घटने समस्या आउन सक्छ।
.
एकीकृत बगैंचा ब्यबस्थापन
बगैंचा ब्यबस्थापनमा निम्न विषयहरुमा ध्यान पुर्याउन जरुरी छ । स्याउको बिरुवामा विशेष गरि पालुवा आउने, फुल फुल्ने तथा फल लाग्ने समयमा बोट बिरुवालाई सिंचाइको आवश्यकता पर्दछ ।बगैचामा एकीकृत माटो ब्यबस्थापन स्याउ बगैंचामा माटोको ब्यबस्थापनका लागि विभिन्न तरिकाहरु, जस्तै घाँस रहित बगैंचा, घाँससहित बगैंचा, हरियो मल, अन्तरवाली, मल्चिङ आदि प्रयोग गर्ने गरिन्छ ।
स्याउको बिरुवा प्रसारण
स्याउको बेर्ना उत्पादन गर्नका लागी बेन्च ग्राफ्टिङ, ट्ग ग्राफ्टिङ विधी अपनाउने गरिन्छ । स्याउको बेर्ना उत्पादनका लागी अपनाईएको सबैभन्दा प्रचलित र सफल विधी टङ ग्राफ्टिङ हो । तयार भएको विउ विरुवामा टङ ग्राफ्टिङ विधिद्वारा माघ फागुन महिनामा कलमी गर्ने प्रचलन छ ।
विरुवा रोप्ने तरिका
विरुवा रोप्दा प्लान्टिङ्ग वोर्डको प्रयोग गरेर विरुवा रोप्ने ठाँउलाई निश्चित गर्नु पर्दछ । बिरुवाको जरा नदोब्रने गरी पुरेको खाडलको बिचमा पर्ने गरेर विरुवालाई राखी कलमी गरेको भाग जमिनबाट १५ देखी २० से.मी. माथि पर्ने गरी मिलाए पछि वरीपरी चारै तर्फ मल माटोले भरेर खांद्ने काम गर्नु पर्दछ ! विरुवालाई हावाहुरीवाट हल्लन नदिन विरुवा संगै विरुवा भन्दा केही अग्लो हुने गरि बलियो किला वा लठ्ठी गाडी सुतली क्रस गरेर हल्का संग बाध्नु पर्दछ ।
हेरचाह
धुले ढुसीरखराने रोग देखा परेमा केराथेन/मेनाकिजेब २ ग्राम प्रतिलिटर पानीमा मिसायर छर्ने
स्याउमा लाग्ने पाउडरी मिल्ड्यु रोग रोकथाम गर्न १५ को बोर्डो मिश्रण वा ब्लाईटक्स – ५० बिषादी २(३ ग्राम प्रती लिटर पानीमा मिसाएर छर्ने
– स्याउको फेद कुहिने रोगबाट ग्रसित भागलाई सफा चक्कुले हटाई बोर्डो पेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १५ को बोर्डो मिश्रण तयार गरि फेद नजिक माटो भित्र पस्ने गरि खन्याउने ।
– रोग ग्रस्थ स्याउको हाँगा, पात, बोक्रा आदी बटुलेर जलाई दिने बगैचा सरसफाई गर्ने र हल्का खानजोत गर्ने ।- बोट बिरुवालाई मल्चिङ गर्ने र नयाँ बगैंचा स्थापनाको लागी रेखाङ्कन गर्ने,खाडल खन्ने ।
पुस र माघ महिना मा झरेका पातहरुलाई बटुली जलाईदिने वा मल बनाउन खाडल मा हाल्ने । माटोमा चिस्यानको कमी भएमा सिंचाई गर्ने नयाँ बगैंचा को लागि बिरुवा रोप्न शुरु गर्ने । पुरानो बिरुवा मरेको ठाउँमा नयाँ बिरुवा लगाउने र बोट बिरुवको काटछाँट शुरु गर्ने। काटछाँट गर्ने समयमै बोर्डो पेष्ट बनाएर काटेको भागमा र फेदमा लगाउने र बोट बिरुवा गोडमेल गरी कम्पोष्ट मलका साथै सिफारिस गरिएका रासायानिक मलको प्रयोग गरी हल्का सिंचाई गर्ने ,बगैंचामा सिंचाईको प्रबन्ध मिलाउने र सिंचाई गर्ने बोट बिरुवामा आएका सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने । बगैंचामा सिंचाईको ब्यब्स्था मिलाउने र सिन्चाईको ब्यब्स्था हुन नसक्ने ठाउँमा मल्चिङ गर्ने ।
– नयाँ पालुवा आउन साथ पाल बनाउने किरा रोकथाम गर्ने थायोडान झोल विषादी १ एम.एल. प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
किरा र रोगहरु
स्याउमा लाग्ने कत्ले किरा
– किरा लागेका र सुकेका हाँगाहरु हटाउनु पर्दछ र किराको प्रकोप भएका ठाउँका बिरुवाहरु अन्यत्र नयाँ ठाउँमा नलैजाने ।
. सेतो धुले ढुसी रोग
हिउँदमा काटछाँट गरेका हाँगा र झरेका पातहरु संकलन गरि डढाउनु पर्दछ फुलफुलेपछी रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २(३ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कनु पर्दछ ।
. बोका खुईलिने रोग
रोगले बढी असर पारेका हाँगाहरु काटेर हटाई जलाउनु पर्दछ र रोग लागेकोठाउँमा चक्कुले हल्का सँग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ ।बगैंचामा काटछाँट गरेपछी १ प्रतिशत बोर्डोमिश्रण छर्नुपर्दछ राम्रो व्यवस्थापन गरेमा एक बोटबाट ९० देखि १५० के.जि. सम्म फल उत्पादन लिन सकिन्छ ।
source:-रास्टिय फलफूल बिकास केन्द्र,र हरिवन शर्मा को अन्तरबार्ता बाट
यदि तपाईं हरु पनि hrmn-99 जात को स्याउको बिरुवा लगाउन चाहनुन्छ भने सम्पर्क गर्नुहोला
नव नेपाल एग्रो फरेस्टी ,भरतपुर-६ गितानगर
९८१५१२०८५६/९८४५८९१४७३
९८६६११९४५२/९८०१३४८४८८