Advertisement

काठमाण्डौँ-१ बाट प्रकाशमान सिंह विजयी

२०७९ मंसिर ६, मंगलवार ०६:४६
८५
उद्धब बञ्जारा

काठमाण्डौँ-१ बाट प्रकाशमान सिंहले ७१४० मत प्राप्त गरी पुनः विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दि रबिन्द्र मिश्रले ७०११ मत प्राप्त गरेका छन्।
रबिन्द्र यसपटक पनि १२९ मतान्तरले पराजीत हुन पुगेका छन्, अर्थात् ६५ मतदाताले यताउता मत हाल्दा यस्तो हुन पुगेको छ।
उनी गत निर्वाचनमा पनि ८०० चानचुन मतान्तरबाट प्रकाशमानसिंह संग पराजीत भएका थिए।
लौरोका उम्मेदवार डम्बर शाहुलगायत केही उम्मेदवारहरूले सामूहिक घोषणा गरेर केही दिनअघि रबिन्द्रलाई समर्थन गर्दै आफूलाई निस्कृय बनाएता पनि शाहुले पनि ९४ मत पाएका छन्।
पुकार बमले २८०३ र रमेश खरेलले २१३० मत प्राप्त गरे।