Advertisement

आजको दिन महत्वपूर्ण!

२०७९ मंसिर ४, आईतवार ०७:३०
७९
Ashok Pokharel

मंसिर ४, काठमाडौँ।

आज २०७९ साल मंसिर ४, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन हुने दिन।

पक्कै पनि सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो अमूल्य मत बिना डर, बिना संकोच, निर्धक्क भएर देश जनताको लागि नयाँ भिजन, नयाँ विचार तथा उन्नति र प्रगतिको पथमा लैजान सक्ने देश, देशको भूगोल, देशको माटो ,जनताको भावना ,अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राखी मुलुकलाई समुन्नत मुलुकको सुचीमा सूचीकृत गर्न सक्ने , वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी आकर्षित गर्नसक्ने ,नेता होइन जनताको सेवक भएर काम गरी भ्रष्टचारलाई शून्यमा झार्न सक्ने व्यक्तिहरूलाई प्रदेश सभा तथा प्रतिनिधि सभाका लागि यस निर्वाचनबाट मतदान गरेर छनोट गरी पठाउनेछन्।

देशमा देखिएको वर्तमान नीतिगत तथा संस्थागत भ्रस्टचार तथा बेथिति र विसंगतिका विरुद्ध खबरदारी गर्दै युवापुस्ताले देशको नेतृत्व गर्ने कुरा सबै नेपाली जनताको चाहना भएकाले आफ्नो अमुल्य मत लाई सोच बिचार गरेर मात्रै सदुपयोग गरौं।