
सल्लाह हैन, साथ चाहियो…!!”

एकपटक एउटा सानो पंक्षीले समुन्द्रको पानी आफ्नो चुच्चोमा भर्दै बाहिर फाल्दै गरिरहेको थियो….!
अर्को पंक्षीले सोध्यो- “यो के गर्दैछौ तिमी…?”
उसले भन्यो- “यो समुन्द्रले मेरो सानो बचेरालाई डुबायो । अब म यसलाई सुकाइदिन्छु…!”
अर्को पंक्षी बोल्छ- “तिमिबाट यति ठूलो समुन्द्र के सुक्ला ? तिमी त धेरै सानो छौ, तिम्रो पूरा जिन्दगी नै लागेपनी यति ठूलो समुन्द्र सुक्नेछैन..।”
पहिलो पंक्षीले भन्यो- “यदि तिमिलाई मेरो काममा साथ दिनुछ भने देउ, सल्लाह मात्र चाहिदैन ।
यस्तै अरु पंक्षीहरु पनि आइरहे, त्यहाँ आउने सबै पंक्षीलाई सबैले यहि कुरा भनिरहे- “सल्लाह हैन, साथ चाहियो” यसरी हजारौं पंक्षीहरु काममा जुटे !
सबै पंक्षीहरु त्यहाँ उपस्थित भएको देखेपछि भगवान विष्णुको वाहन गरुड पनि त्यहाँ जान थाल्यो । आफ्नो वाहान पनि जान लागेको देखेर भगवान विष्णुले सोध्नुभयो- “तिमी पनि त्यहाँ गयौ भने मेरो काममा अवरोध आउनेछ । तिमी किन जान खोज्दैछौ ? आखिर पंक्षीहरुबाट त्यत्रो विशाल समुन्द्र सुक्ने पनि हैन…!”
गरुड़ भन्छन्- “प्रभु ! सल्लाह हैन, साथ चाहियो…!!”
त्यसपछि जब स्वयं भगवान विष्णु समुन्द्रमा आउनुभयो र समुन्द्र सुकाउन सुदर्शन चक्र निकाल्न थाल्नुभो, समुन्द्र डरायो अनि उसले पंक्षीको सानो बचेरालाई फिर्ता दियो ।
त्यसकारण हमेशा याद राख्नुस- “सल्लाह हैन, साथ चाहियो”
✍️ गोपाल पाल्पाली आचार्य
🌺🌺 जय श्रीकृष्ण 🌺🌺