भ्रष्टाचार मात्रै भएन भने युरोपको तलब नेपालमा दिन सकिन्छ नि!

पार्टी अर्कोपटक परिवर्तन गरौंला बरु नगरे पनि केही हुँदैन यो पटक भोटमात्रै परिवर्तन गर्नुस नोटमा बिकेर हैन, सबै जनताले मिलेर शक्ति देखाउने बेला नै यहि हो। दक्षिण कोरियामा पनि जनता बुद्धिमान भएरै विकास भएको नेता अनुभवी भएर होइन सहि नेता छानेर पठाउने जनता अनुभव भएर अनि काम नगर्नेलाई फेरि हुँदै हुँदैन अनि काम गर्नेलाई गर्नेलाई बारम्बार पद र सदन सुम्पिएर भएको हो मेरो ५ वर्षको अनुभव, जनता पार्टीको पछाडि लाग्ने पनि होईन। जनता विकास र न्याय को पक्षमा उभिए भने पैसा कमाउँदै घर परिवार पाल्न अनि देश विकासको लागि विदेश जानु पर्दैन जनताले रगत बगाउनै पर्दैन, पसिना मात्र बगाए पुग्छ। उठेको कर र भएको संरचनाहरु बाटै विकासको मूल फुटाउन सकिन्छ । भ्रष्टाचार मात्रै भएन भने युरोपको तलब दिन सकिन्छ नि हजारौं जनताको गोजीमा जानुपर्ने एकै जनाको हातमा परेको कारणले विकास मन्द गतिले लियो। यो पटक संसद भवनबाट नीति नियम परिवर्तन गरौ बिस्तारै बिस्तारै सानो-सानो कामबाट सुरुवात गरौ राजनीतिलाई व्यवसाय नबनौं/ एउटा घन्टी २पल्ट बजाए पुग्छ त!