
प्रहरी जवान आधरभूत तलिम ६-२०३ औँ समूहको तालिम समुद्घाटन कार्यक्रम सम्पन्न
२०७९ कार्तिक २०, आईतवार ११:३०
६९

आज मिति २०७९।०७।२० गते प्रहरी जवान अधारभूत तालिम ६-२०३ औँ समूहको तालिम यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरीष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेल ज्युको प्रमुख आतिथ्यतामा विधिवत् रुपमा समुद्घाटन गरिएको छ । उक्त कार्यक्रममा तालिम सम्बन्धि प्रतिबेदन यस तालिमका तालिम संयोजक तथा यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक सुदिप राज पाठक ज्यूले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रहरी सहायक निरीक्षक हिरालाल फुयलले गर्नुभएको थियो। साथै प्रमुख अतिथि समादेशक ज्यूले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरु एवम् तालिममा सहभागी २९६ जना प्रशिक्षार्थी प्रहरी जवानहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भई तालिम समुद्घाटन कार्यक्रम समापन गर्नु भएको थियो ।