बाराका स्वतन्त्र उम्मेदवारको समर्थन किसान श्रेष्ठलाई

१७ कार्तिक, सिमरा । आसन्न आम निर्वाचनमा बारा-४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ(किसान)लाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।
बारा-४ को समग्र विकासका लागि आफ्नो सोचसँग बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ(किसान)को योजना मिलेपछि आफुले श्रेष्ठलाई समर्थन गरी उम्मेदवारी निष्कृय पारेको महराले बताउनुभयो । जनमत पार्टीका जिल्ला अध्यक्ष रहेका महराले स्वतन्त्र उम्मेदवारी दिइ प्रचार अभियान तीव्र पार्नुभएको थियो ।
आफ्नो उम्मेदवारी निष्कृय पारी महराले बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानमा सहभागिता जनाउनुभएको छ । महराले बारामा आँखा अस्पताल स्थापना गरी बारा,पर्सा र रौतहटमा आँखा शिविर संचालन गरी समाजसेवा गर्दै आउनुभएको थियो । महराको समर्थनले आफ्ना प्रतिस्पर्धी थप कमजोर बनेको नेता श्रेष्ठले बताउनुभयो ।
स्वतन्त्र उम्मेदवारी दिएका हरी महराको नम्वर: 9845036558 हो ।