कतैबाट सुनेको एउटा छोटो कथा:
२०७९ कार्तिक १७, बिहीबार १६:१७
९९

कतैबाट सुनेको एउटा छोटो कथा:
एउटा नेताले भेंडाहरुको बथानमा पुगेर उदघोष गरेछन्- “म सबै भेंडाहरुलाई एक-एक वटा कम्बल दिनेछु ।”
चिसो खेपिरहेका भेंडाहरूमा खुसीको लहर आयो । उनीहरुको हर्षको ध्वनिले आकाससम्म गुन्जयमान भएछ ।
अनि एउटा बच्चो भेंडोले आफ्नी बुढी आमालाई सोधेछ-
“हामी यतिका भेंडाहरुलाई कम्बल दिने ऊन चाहि कहाँबाट ल्याउँछन ?”
आमाले भनिछन- “त्यो त हाम्रै शरीरबाट काड्ने हो ।”
अनि सर्वत्र सन्नाटा छाएछ….
चुनाव आउदै छ । वृद्ध भत्ता, गरिबलाई अनुदान, शहीद
परिवारलाई अनुदान, निशुल्क उपचार आदि आदि
‘कम्बल’ को बाचा लिएर भोट माग्न थुप्रै जना आउँदै
छन । प्रश्न गरौं त्यसको स्रोत के हुन्छ ?
भेंडा नबनौं ।