Advertisement

लागू औषध सहित मानिस पक्राउ

२०७९ कार्तिक १६, बुधबार १९:३१
८९
उद्धब बञ्जारा

लागू औषध सहित मानिस पक्राउ
‍‍‍‍
मिति २०७९।०७।१५ गते अन्दाजी १८:५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस स्थित सवारी साधन चेक जाँच गर्ने क्रममा पोखरा तर्फ आउँदै गरेको बसमा सवार जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्ध चोक बस्ने वर्ष २१ को मोहम्मद यासिर मियाले बोकेको झोलामा पोको पारी ल्याएको लागू औषध गाँजा ५ किलो १०० ग्राम सहित फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।