
साेच्दै छु:
साेच्दै छु:
५२०० वर्षअघि महाभारत युध्द जितेर हस्तिनापुरकाे सत्ता संहालेका पाण्डव नातिलाई राज्य जिम्मा लगाएर कुकुरका साथमा स्वर्ग पुगे। २३०० वर्षअघि सिंगै दक्षिण एसियामा राज गरेका सम्राट अशाेकले अन्ति घडीमा आधा अमला जाेगिहरूलाई दान पठाएर प्राण त्याग गरे। संसारकै सबैभन्दा शक्तिशाली राजाकाे हातमा मर्नेबेला एकमुठी अन्न दान दिने हैसियत रहेन। त्यसअघि नै संसार जित्न हिँडेका सिकन्दरले ३२ वर्षे कलिलाे उमेरमा शरीर त्याग्दा आफ्नाे हात कात्राे बाहिर राख्न निर्देशन दिए। ८०० वर्षअघि एक तिहाई पृथ्वी कब्जा गरेका इतिहासकै बर्बर मंगाेलराज चङ्गेज खाँले जुन घाेडामा चढेर कराेडाैंकाे प्राण हत्याउने आदेश दिए, त्यही घाेडाबाट लडेर बैरिकाे भूमिमा प्राण त्याग्नुपर्याे। संसारकाे राज गर्छु भनेर सयाैं निहत्था नागरिककाे एकै चिहान बनाएका हिटलरले भर्खर, ७७ वर्षअघि मध्येरातमा प्रेमिकासँग विहे गरेर भाेलिपल्ट बंकरभित्र आत्महत्या गरे। नेपालमै काेतपर्व र भण्डारखाल पर्व गराएर जहानिया शासन स्थापित गरेका जंगबहादुरले ३२ वर्ष शासन गरे पनि जंगलमा गएर मृत्युवरण गर्नु पर्याे। बाउ मरेकाे खबर छाेरानातिले पाउनु भएन। यही लहराेले पछि छाेरा, नाति र बुहारी सबैकाे प्राण गयाे। संसारकै धनीहरू वारेन बफेट, बिल गेट्स र जेफ बेजाेसहरू मर्ने बेलामा परिवारले त्यागेर एक्लाे हुनु पर्याे। याे संसारबाट कसले के लिन्छ? संसारले कसलाई के दिन्छ?
सिर्फः कर्म।