जुवा खेली रहेका २३ जना मानिस पक्राउ
जुवा खेली रहेका २३ जना मानिस पक्राउ
======================
मिति २०७९।०७।०८ गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० शिसुवा स्थित यमुना पराजुलीको घरमा कौडा (जुवा) खेली रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले कौडा खेली रहेका निम्न स्थान बस्ने निम्न २३ जना मानिसहरूलाई १ सेट कौडा र एकमुष्ट नगद रु.५,३१,९५० ।– (पाँच लाख एकतीस हजार नौ सय पचास रुपौँया मात्र) सहित फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण :-
—————————————–
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष २३ को बिनित सुबेदी ।
२. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ३० को भिष्म लामिछाने ।
३. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ६५ को गोकर्ण कुमार श्रेष्ठ ।
४. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ५३ को मणि खनाल ।
५. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ४३को राजेन्द्र अर्याल ।
६. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३६ को निभान देवान ।
७. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३९ को विवश बास्तोला ।
८. जिल्ला कास्की पोखरा म.न.पा.३० कामाटोल बस्ने वर्ष ३८ को राजेन्द्र अधिकारी ।
९. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ५० को धुर्व तिवारी ।
१०. जिल्ला कास्की पोखरा म.न.पा.३० महादेव टोल बस्ने वर्ष ५० को जनक थापा ।
११. जिल्ला कास्की पोखरा म.न.पा.३० पार्वती टोल बस्ने वर्ष ४८ को नवराज भट्टराई ।
१२. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ५३ को शेखर पौडेल ।
१३. जिल्ला कास्की पोखरा म.न.पा.३० शिवमन्दिर टोल बस्ने वर्ष ३६ को तिर्थ पौडेल ।
१४. जिल्ला कास्की पोखरा म.न.पा.३० महादेव टोल बस्ने वर्ष ३१ को अमित गौतम ।
१५. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ३५ को रमेश गुरुङ ।
१६. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ५० को भुवन शर्मा ।
१७. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ३० को प्रदिप चापागाई ।
१८. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष २६ को अमृत श्रेष्ठ ।
१९. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ४९ को सुरज भट्टराई ।
२०. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ४३ को नारायण तिवारी ।
२१. जिल्ला कास्की पोखरा म.न.पा. ३० कामनाटोल बस्ने वर्ष ४३ को पुर्ण ब. घले ।
२२. जिल्ला कास्की पोखरा म.न.पा. ३१ मोहरिया बस्ने वर्ष ३६ को विश्वज्योति सुवेदी ।
२३. जिल्ला कास्की पोखरा म.न.पा. ३२ रुपाताल बस्ने वर्ष ४० को सागर श्रेष्ठ ।