Advertisement

हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम सम्पन्न

२०७९ कार्तिक ४, शुक्रबार २०:५७
१०४
उद्धब बञ्जारा

मिति २०७९ असोज २७ गते देखि यस शिक्षालयमा सञ्चालित “हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम” दोस्रो समूहको आज मिति २०७९ कात्तिक ०३ गते यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक तारा देवी थापाज्यूको आतिथ्यतामा समापन भयो । समापन समारोहमा तालिम संयोजक प्रहरी नायब उपरीक्षक चित्र बहादुर गुरुङले तालिम सम्बन्धि प्रतिवेदन पेश गर्नु भएको थियो । समादेशकज्यूले समापन मन्तव्य प्रस्तुत गर्दै तालिमको सिकाईले मात्र तालिमको उद्देश्य पुरा नहुने स्पष्ट पार्दै कार्यक्षेत्रमा स्वअध्ययनशील समेत भई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनु भएको थियो । उक्त तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्न सफल भएकोमा समादेशकज्यूले प्रशिक्षार्थीहरुलाई बधाई
दिंदै दिपावली तथा छठ पर्वको उपलक्षमा व्यक्तिगत,पारिवारिक एवम् व्यवसायिक जीवनको सफलताको शुभकामना समेत प्रदान गर्नु भएको थियो ।