वृक्षारोपण कार्यक्रम सम्पन्न

मिति : २०७९-०६-३० गते ।
६७ औं प्रहरी दिवस २०७९ लाई विभिन्न कार्यक्रमहरू संचालन गरी मनाउने क्रममा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ पाथिभरा मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले कपुरको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तेजपत्ता, कपुर, अम्बा, कागती, अनार, जमुना, कोइराला, बयर, पारिजात, ईपिल, अमला, निम लगायतका प्रजातीका १६३ वटा बहुउपयोगी विरुवा रोपिएको छ । यसैगरी वृक्षारोपण पश्चात प्रहरी कर्मचारीहरूले मन्दिर परिसरको सरसफाई समेत गरेका छन् ।