Advertisement

सदस्य सङ्ग हातेमालो गर्दै चापागाउको सिम्रीक सहकारी

२०७९ आश्विन २७, बिहीबार ०८:०१
१५३
उद्धब बञ्जारा
  • सदस्य सङ्ग हातेमालो गर्दै चापागाउको सिम्रीक सहकारी
    भाद्र २ देखि ४ सम्म १५ औ साधारणसभा सम्पन्न गरेको ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं १० स्थित सिम्रीक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले उक्त सभाबाट पारित भयका कार्यक्रम तालिका बमोजिम आफ्ना गतिविधि अघि बढाइरहेको छ।

आस्विन २९ गते शनिवार सहकारीका आफ्ना सदस्यलाइ सहकारी शिक्षा तालिम आफ्नै तालिम हलमा दिन लागियको संस्थाका सचिब सुशील आचार्यले बताउनुभयो । सो तालिम लगत्तै कार्तिक १ गते जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम आयोजना गरि १८० जेष्ठ सदस्यलाइ धार्मिक क्षेत्रहरूमा भ्रमण गराउने कार्यक्रम तय गरियको जानकारी सचिब आचार्यले दिनुभयो।

सदस्य सङ्ग रहेर सहकारी र सदस्य बिच सुमधुर सम्बन्ध स्थापित गराउनु सस्थाको मुख्य उद्देश्य रहेको छ। संस्थाले यसै महिनामा एक कार्यक्रम गरि एस इ इ उत्तीर्ण बिद्यार्थी सम्मान गरि आफ्नै श्रोत बाट सदस्यका २ जना छोराछोरीलाई कक्षा ११ र १२ अध्ययन गर्न छात्रवृत्ति प्रदान गरेको थियो। तरलता संकट झेलिरहेको अवस्थामा लगातार कार्यक्रम गरि खर्च गर्न कसरी सम्भब भैरहेको छ भन्ने प्रस्नमा सचिब आचार्यले सिम्रीक सहकारी स्थापनाकाल देखि नै स्वनियमनमा संचालित रहेर पर्ल्स बिश्लेशणका सबैजसो सूचकांकमा सन्तुलन कायम राख्दै आइरहेको छ। यस संस्था को संस्थागत पुजि १० प्रतिशत माथी रहेकोले र यसका सदस्यहरुलाइ यस संस्था प्रती पुर्ण रुपमा आफ्ना सुचना नियमित रुपमा सम्प्रेषण गर्ने अभ्यास भयकोले कुनै पनि सदस्यलाइ गलत अफवाह कारण संस्था प्रती आंच आउन नसक्ने भयकोले आफ्ना नियमित कार्यहरु अघि बढाइरहेको जानकारी दिनुभयो। संस्थाले शेयर लाभंस कोषबाट खर्च हुने गरि आ. व. ०७८/०७९ को लागि १८ प्रतिशत नगद लाभांस बितरण गरेको छ।