Advertisement

महिला प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ आश्विन २६, बुधबार १८:५५
९४
उद्धब बञ्जारा

मिति : २०७९-०६-२६
६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले महिला प्रहरी कर्मचारीहरूले कार्यक्षेत्रमा भोग्नुपरेको समस्या तथा महिला प्रहरी कर्मचारीहरूको गुनासो तथा पीर, मर्काको बारेमा जानकारी लिनुको साथै मनासिव समस्या समाधानका लागि तत्काल निर्देशन समेत दिनुभएको थियो । कार्यक्रमको सहजीकरण प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले गर्नुभएको थियो ।