
दर्ज्यानी चिन्ह
२०७९ आश्विन २६, बुधबार १८:५२
९१

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनु भएका काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा कार्यरत प्रहरी नायव उपरीक्षक विशाल भारतीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका, कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबाट आज एक समारोहका बीच दर्ज्यानी चिन्ह सुशोभन गर्नु भयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, प्रहरी बरिष्ठ उपरीक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।