Advertisement

नेपालमा ०६२/०६३ को आन्दोलन केका लागि भएको थियो ?

२०७९ आश्विन २४, सोमबार १८:५४
१०३
उद्धब बञ्जारा

स्वतन्त्र राजनितिक शक्ति
नेपालमा ०६२/०६३ को आन्दोलन
केका लागि भएको थियो ? त्यस
बेलाका राजनितिक दलहरु र
नेताहरु आजपनि तिनै होइनन ?
हालसम्म यि दल र नेताहरुबाट देश र जनताले के पाए त ? यस्को उत्तर हामि आम जनतालाइ थाहा छ । तर पनि हामि किन चुप छौ त भने हामि पनि यि दल र नेता भन्दा कम दोसि छैनौ । किन कि हामि पनि यिनिहरुकै चाकडि , आशा र विश्वासमा रमायौ । राजनिति विशुद्ध सेवा भन्ने मान्यता नेतामा हुनुपर्ने हो । तेस्ता नेता हालसम्म देखा नपर्नु हामि नेपालिको लागि दुखद छ । देश नै अव रहने वा नरहने भन्ने स्थिति आउन लागेको वा यिनै काङ्रेस / कम्युनिस्ठ / मदेशवादि दलहरुले नै ०४६ सालदेखि यो र त्यो बाद भन्दै जनतामा झुटको खेति गर्दै यिनिहरुले बिदेशिहरुको नोक्करको भुमिकामा रहेर देशमा हालको भयावह अबस्था सृजना भएको हो । देशमा बिगत ३०/३५ वर्ष मा जतिपनि परिवर्तन भए सबै बिदेशिको चाहानामा भएका रहेछन । कथित जनयुद्धको नाम होस वा जे जति परिवर्तन भए , सम्बिधान बने आदि इत्यादि यि सबै नेपालि जनमतको थिएन । यि सबै लादिएका हुन । नेताहरु बिदेशिहरुको खटन पटनमा कार्य गर्दै आएका छन । पार्टिहरु बिदेशिका ठुला एन जि ओ जस्ता भए । पार्टिको लागि रकम सबै बिदेसबाटनै लगानि भयो । यसरि नेपालका ठुला भनाउदा दलहरु अव बिना लगानिको राजनितिक उध्योगमा परिणत भयो । येस्तो अवस्तामा यिनिहरुबाट देशको , जनताको बिकासको आशा गर्नु व्यर्थ छ । मुलुकको प्राकृतिक श्रोत साधन माथि बिदेशिको गिद्धे नजर त पहिले देखिनै थियो र बिभिन्न देशघाति सन्धि/सम्झौता गरि देशलाइ आज यो अवस्थामा पुर्याउने योगदान यिनै पार्टिहरुबाट बिभिन्न समयमा गरेको राष्ट्रघात ले देखाउछ । हाल देशलाइ फिजिकरण र सिक्किमिकरण तर्फ लग्ने विदेशि लक्षलाइ यि दलालहरुले नागरिकता बिधेयक बाट पुरा गरि नेपालि लेण्डुपको दर्जा लिन पुगेका छन । देशमा स्थापित उध्योग , कलकारखाना सबै बन्द गरि आफ्नो उत्पादनलाइ बढ्वा दिनुको साटो बिदेशबाट आयातलाइ प्रोत्साहन दिने काम गरि देशको बिदेशि मुद्रा सन्चितिमा दिनानुदिन घटाउने कार्य भयो । समग्रमा भन्नु पर्दा यि ठुला भनाउदा पार्टिहरु जस्ले ३०/३५ बर्ष नेपालमा आफ्नो र आफन्त बाहेक अरु देशको बारेमा कुनै पनि काम गरेनन ।
अब पनि हामि र हाम्रो सन्ततिहरुको भबिश्यको ख्याल नगरि चुप बस्ने हो भने हामि यिनै कुहिएका नेता भन्दा केहिपनि फरक हुदैनौ ।