
दशैँ विशेष सरसफाइ
२०७९ आश्विन १६, आईतवार २०:२०
८९

दशैँ विशेष सरसफाइ❤️
काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।