
शुभकामना आदानप्रदान तथा सामुहिक खाना कार्यक्रम सम्पन्न……….
२०७९ आश्विन १६, आईतवार १९:२४
९६

विशेष चाडपर्वहरुमा प्रहरी कर्मचारीका परिवारहरुलाई सहभागिता गराउने साथै प्रहरी अधिकृत तथा जवानहरु बिच भाईचारापूर्ण एवं पारस्परिक सम्बन्ध कायम गर्ने प्रहरी आचारसंहिता २०७७ को उद्देश्य अनुरुप विजयादशमी २०७९ को अवसरमा मिति २०७९/०६/१६ गतेका दिन यस केन्द्रका प्रहरी कर्मचारी तथा प्रहरी परिवारको उपस्थितिमा यस केन्द्रका समादेशक प्र.ब.उ. मोहन प्रसाद पोखरेल ज्युको प्रमुख आतिथ्यतामा “शुभकामना आदानप्रदान तथा सामूहिक खाना” कार्यक्रम सम्पन्न भयो ।