भाडाकारमा छुटेको क्यामेरा ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण सम्बन्धी
२०७९ आश्विन १६, आईतवार १८:१८
९९

भाडाकारमा छुटेको क्यामेरा ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण सम्बन्धी
———————————————–
मिति २०७९।०६।१६ गते अन्दाजी १२:१५ बजेको समयमा का.जि. नयाँ बसपार्क देखि एयरपोर्ट सम्म यात्रा गर्ने क्रममा बा २ ज ४९६६ नम्बरको भाडाकारमा CANAN X 11 DSLR CAMERA छुटेको भनि महेश ऐरले दिनु भएको लिखित निवेदनको आधारमा खोजतलास शाखाको सकृयतामा भाडाकार चालकको साथबाट उक्त क्यामेरा फेला पारी सम्बन्धित धनिको पहिचान गरी निवेदकलाई मिति २०७९।०६।१६ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरीयो ।