
“हतियार हयाण्ड्लिङ अनुशिक्षण तालिम

- “हतियार हयाण्ड्लिङ अनुशिक्षण तालिम (जु.प्र.अ./प्र.ह./प्र.ज.) तालिम” दोस्रो समुह तालिमको समापन कार्यक्रम सम्पन्न……………….
मिति २०७९।०६।१४ गते देखि यस बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा संचालित ०६ कार्य दिन अवधिको हतियार ह्याण्डलिङ अनुशिक्षण तालिम (जु.प्र.अ./प्र.ह./प्र.ज. तालिम) प्रथम समुहको आज मिति २०७९।०६।१४ गते यस केन्द्रका समादेशक प्र.व.उ. मोहन प्रसाद पोखरेल ज्यूको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच समापन कार्यक्रम सम्पन्न भएको छ । तालिममा यस केन्द्रका ०१ प्र.व.ना.नि., १ प्र.ना.नि., ०३ प्र.व.ह., ०७प्र.ह., ०४ प्र.स.ह., र १३ प्र.ज. गरि कुल २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया तथा निर्देशन सम्बोधनको क्रममा समादेशक ज्युले तालिमले प्रशिक्षार्थीहरुको व्यावसायिक ज्ञान, सीप र दक्षता अभिवृद्दिका साथै वृत्ति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिदै यस तालिमवाट सिकेका हतियार सम्वन्धि ज्ञान,सिप,कौशललाई कार्यक्षेत्रमा व्यवसायिक तथा ईमान्दारिताका साथ दत्तचित्त भई लागु गरी प्रहरीको छवि उच्च बनाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो।
उक्त तालिम समापन कार्यक्रममा तालिमका संयोजक प्रहरी निरिक्षक संजीव सुवालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्रशिक्षार्थीहरुको तर्फबाट प्र.व.ना.नि. नेत्र बहादुर कार्किले तालिमबाट आफुहरुमा आत्मविश्वास वृद्धि भएको र यस तालिम वाट प्राप्त सैदान्तिक तथा व्यवहारी ज्ञान, सीपलाई कार्यक्षेत्रमा तथा प्रहरिको काम कारवाहिमा शत प्रतिशत लागु गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो ।