Advertisement

लाल मोहमदको गोली प्रहारबाट भएको हत्या सम्बन्धी’

२०७९ आश्विन १४, शुक्रबार २१:०८
१०५
उद्धब बञ्जारा

‘लाल मोहमदको गोली प्रहारबाट भएको हत्या सम्बन्धी’

मिति २०७९/०६/०३ गते अं.१८:३१ बजेको समयमा काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी उक्त सवारी साधनबाट झर्ने क्रममा जिल्ला सर्लाही, सिसौरिया-६ स्थायी वतन भई काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट रहेको घरमा बस्ने उक्त गार्मेन्टका सञ्चालक बर्ष ५८ को लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका यकिन नामथर वतन नखुलेका अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी फरार भएका छन।

तत्कालै निज लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई उपचारको लागि शंखरापुर अस्पताल हुँदै त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा अं. २१:३५ बजेको समयमा निजको मृत्यु भएको हाे।

उक्त घटना सम्बन्धमा प्रहरीको बिशेष टोलीद्वारा अनुसन्धानका बिविध बिधि र प्रबिधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका निम्न लिखित ब्यक्तिहरुलाई काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ।

निम्न:

क)पक्राउमा परेका ब्यक्तिहरू:

१. नामथरः- महोरम मियाँ ।
उमेरः- २१ बर्ष ।
ठेगानाः- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.- वडा नं. १६ ।
भूमिकाः- योजनाकार तथा हतियार ब्यवस्थापन ।

२.नामथरः- रेहान मियाँ ।
उमेरः- १९ बर्ष ।
ठेगानाः- जिल्ला पर्सा वीरगञ्ज म.न.पा.- वडा नं. १५
भूमिकाः- योजनाकार तथा हतियार ब्यवस्थापन ।

३.नामथरः- सुमी भन्ने सुस्मिता स्याङताङ ।
उमेरः- २१ बर्ष ।
ठेगानाः- जिल्ला मकवानपुर बकैया गाऊँपालीका वडा नं. १ ।
हालः- जिल्ला काठमाण्डौ कपन फैकाचोक ।
भूमिकाः- मृतकको गतिविधिको निगरानी गर्ने ।

द्रष्टव्य: मिति २०७६।०३।११ गतेदेखि मिति २०७८।११।०७ गतेसम्म चोरी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा कैद भुक्तान गरेको ।

क)बरामद दशी: (घटनास्थलबाट)
१.Made in USA लेखिएको पेस्तोल-१ ।
२.9 MM खोका थान-४ ।
३.9 MM जङ्गी राउण्ड-४ ।

उक्त घटनाको सम्बन्धमा प्रकरण क) मा उल्लेखित पक्राउमा परेका निज ३ जना उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको छ।