Advertisement

लाज पचेको सरकार र मन्त्रिहरू !

२०७९ आश्विन १४, शुक्रबार १३:१९
९३
उद्धब बञ्जारा

लाज पचेको सरकार र मन्त्रिहरू !👈
👉अहिले सबैभन्दा चर्चा र वाहवाही कसैको छ भने ति ब्याक्ती हुन् हर्क राज राई उर्फ Harka Sampang A Revolution उनी तेत्तिकै चर्चामा आएनन् उनले धरान को ४० बर्ष देखिको बिकराल पानिको समस्या मात्र ३ महिनामा हल गरीदिएका छन्, अझ मुख्य कुरा त के छ उनले बिना सरकारी खर्च मा यत्तीका ठूलो काम गरेका हुन् । यहा सम्म की उनले आफू चढ्ने मोटरसाइकल मा सम्म सरकारी कोटाको पेट्रोल प्रयोग गर्दैनन् । उनी आफै बेल्चा चलाउँछन् आफै गैती हान्छन आफै पानीको मुहान खोज्न जंगल र खोलाखाल्सी दौडिन्छन र धराने जनता को प्यास मेटाउने प्रयास गर्छन, यस्तो जनप्रतिनिधि कहा पाईन्छ आजको यो पापी र स्वार्थी समाजमा तर धरानका मेयर त्यहाका जनता का निम्ति कुनै देवताको अवतार भन्दा कमका छैनन, उसोत म अन्ध बिस्वास मा बिस्वास राख्दिन तर मेयर हर्क साम्पाङ को काम र लगनशिलता देखेपछि एकै छिन बेगमा दौडिरहेको दिमाख लाई टक्क अड्काएर सोच्नै पर्ने बाध्यता आईपर्छ । हर्क साम्पाङ ले यत्तीका धेरै जनमुखी काम गरिरहदा यता संघिय सरकार टुलुटुलु हेरेर बसेको देख्दा लाग्छ यो सरकार आखिर कस्को र केका लागी काम गर्छ ? भन्ने प्रश्न खडा हुन्छ ! यदी सरकार जनता को निम्ति काम गर्थ्यो भने धरान को पानीको समस्या मा आफु हेरेर बस्दैन थियो तत्काल पानी को समस्या हल गर्न भनी तत्काल मन्त्रि परिषद को बैठक राखेर बजेट बिनियोजन गर्थ्यो तर अह सरकार ले त्यसो गर्ने हिम्मत पटक्कै गरेन उल्टै आफ्ना झोलेझ्याम्टेहरू लाई उचालेर मेयरले गरिरहेको जनमुखी कामलाइ बाधा पुर्याउन आदेश दिइरहे उनलाई रोक्न प्रयास गरिरहे । एक हिसाब ले हेर्दा अहीले धरान मा संघिय सरकार वा केन्द्र सरकार को उपस्थिति नै छैन जस्तो अनुभूति हुन्छ त्यह जे पनी काम हुन्छ सिधा हर्क साम्पाङ को टेबल बाट हुन्छन् यहाँ सम्म की बिदेशी बिज्ञहरू पनी नेपाल सरकार लाई छोडेर सिधै हर्क साम्पाङ लाई भेट्न पुग्छन, किनकी नेपाल सरकार मा भन्दा उनिहरूलाई हर्क साम्पाङ माथी बढी बिस्वास छ । अहीले भर्खरै पनी पुणह हर्क साम्पाङ को काम देखेर यूकेबाट पुणह ३ करोड ४० लाख धरान लाई सहयोग आइसकेको छ, तर नेपाल सरकारले एक रूपैयाँ पनी बिनियोजन गरेको छैन यी सबै हेर्दा लाग्छ सरकार, प्रधानमन्त्री र मन्त्रिहरू लाज पचेका ब्वाँसाहरुहरूहुन जो जसरी हुन्छ अर्काको भाग खोसिखाने । लाज मान ऐ हर्क साम्पाङ को बिरोध गर्ने धुनदुकारीहरू बिरोध गरेर के पाउँछौ होला तिम्रा नेताले स्यबासी देला तर जनता ले तिमीहरूलाई थूक्नेछन्, सायद बहिस्कार पनी गर्नेछन त्यसैले बिरोध हैन सक्छौ भने हर्क साम्पाङ को काम साथ देउ कदम मा कदम मिलाएउ नत्र जो जो बिरोध गर्दैछौ तिमिहरूको भोली के होला भन्न सकिन्न । पुणह बृटिश वेल्फेयर लाई धन्यबाद फेरिपनि रू ३ करोड ४० लाख सहयोग गर्नुभएकोमा । सिंगो देशले नै हर्क साम्पाङ लाई धन्यबाद दिनै पर्छ जस्को कारण करोडौँ रूपैयाँ देशमा रेमिट्यान्स भित्रिरहेको छ जस्ले देशको ढुकुटी लाई बलीयो बनाउन भरथेग को काम गरिरहेको जस्को कारण कर्मचारी र मन्त्रि सन्त्रि हरूले तलब भत्ता खाईरहेका छन् ।