
एस् ई ई सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

एस् ई ई सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
रुपक घिमिरे , ललितपुर।
आज मिति २०७९ असोज १० गते गोदावरी न.पा. वडा नं १० मा रहेको सिम्रिक बहुउध्देश्यीय सहकारी संस्थाले एस् ई ई सम्मान २०७८ तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गर्यो कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेश भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले सिम्रिक सहकारीले शिक्षाको क्षेत्रमा गरेको यस प्रकारको कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। त्यसैगरी जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले विशेष अतिथिको रुपमा बोल्दै वर्तमान विषम परिस्थितिमा सहकारी अभियानलाई सहि मार्गमा डोर्याउनका लागि सबैजनाको सहकार्य र सहयोग जरुरत रहेको जनाउनुभयो। संस्थाका कार्यबाहक अध्यक्ष प्रविण प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुशील आचार्यले सञ्चालन गरेका थिय। करिब २०० जना शेयर सदस्यको उपस्थिति रहेको कार्यक्रममा २०७८ मा एस् ई ई उतीर्ण गरेका ३० जना संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो भने दुईजना उत्कृष्ट विध्यार्थीलाई जनही ४८,००० रुपैयाँ बराबरको नगद छात्रवृत्ति प्रदान गरिएको थियो।