बागमती प्रदेश प्रहरीले स्थापना गर्यो ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष

मिति:२०७९।०६।१० गते ।
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मद्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको हो ।
बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो । स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ ।
यात्रा गर्दा तथा आफुलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखि सोधपुछ गरी आफ्नो समस्या समाधान गर्न समेत यसै मार्फत आम नागरिकहरुलाई बागमती प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।