Advertisement

४२ वर्षीया जानुका थापा मगर।

२०७९ आश्विन ४, मंगलवार १६:५६
८१
तीखोकलम

देशमा रोजगार र सुनिश्चित भविष्य नभएको कारण एक दशक अगाडी खाडी मुलुक दुबई गएकि थिइन् धनगढीकी ४२ वर्षीया जानुका थापा मगर। उनी सडक दुर्घटनामा परिन्, महिना दिनपछि आईसियुमा होश आउँदा अस्पतालको साठी लाखको बिल दियो। उनीसँग तिर्ने एक पैसा पनि थिएन। विभिन्न सरकारी निकाय, संघसंस्था पुकारे तर कहीं कतैबाट सुनुवाई नभएको र अस्पतालमै बिचल्ली भई बेवारिसे अवस्थामा थिइन्। व्यवसायी दुर्गा प्रसाईंको पहल र व्यक्तिगत १७ लाख खर्च गरेर उनलाई नेपाल ल्याउन सफल भएको छ साथै अब बाँकी उनको उपचारको सम्पूर्ण जिम्मेवारी प्रसाईं स्वयमले लिएका छन्।