
होमस्टे संचालन तालिम अाज सम्पन्न भयाे

२०७९/६/१ ,नागार्जुन नगरपालिकाको पर्यटकीय सम्भावनायुक्त शरणपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्ने होमस्टे संचालन तालिम अाज सम्पन्न भयाे हाेमस्टे तालिम गत २०७९/५/२५ गते बाट सुरु भइ निरन्तर रुपमा चलिरहेकाे थियाे ।पर्यटन क्षे त्रकाे विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने कुरा पर्यटन तथा नागरिक उड्यान मन्त्री जिवनराम श्रेष्ठ ले बताउनु भयाे
शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने कुरा स्पस्ट पार्नु भयाे। स्थानिय, समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले शहरी क्षेत्रमा समेत यसको सम्भावना रहेकाे बताउनु भयाे।
पर्यटकीय सम्भावना भएका गाउँ-शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्न सल्लाह दिनु भयाे। अाज समापनकाे अबसरमा पर्यटन मन्त्री श्रेष्ठको हातबाट हाेमस्टे तलिम लिने सबै जनालाई प्रमाणपत्र प्रदान गर्नु भयाे।मन्त्री श्रेष्ठले केक काटेर बिधिबत रुपमा हाेमस्टे तालिम समापन भयकाे घाेषणा गर्नु भयाे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको स्थानीय घरवास (होमस्टे) तालिम समापन कार्यक्रम अाज सम्पन्न भयाे