Advertisement

टुकुचा खोला नभै खोल्सा मात्र हो।

२०७९ आश्विन १, शनिबार १०:३५
८०
तीखोकलम

टुकुचा खोला नभै खोल्सा मात्र हो।नगरको गम्भीर भूल ।
टुकुचा उत्खनन मा महानगर ले गम्भीर गल्ती गरिरहेको विज्ञहरूले बताएका छन् । बिज्ञहरुका अनुसार टुकुचा खोला नभै खोल्सा मात्र भएको बताउँछन् । यसै क्रममा ज्ञानेश्वर स्थाई घर भएका एक पानीको भुमिगत जलाधार बिज्ञ प्राध्यापक 👉जोसी भन्नुहुन्छ काठमाडौं उपत्यकाको भूमिगत जलाधार क्षेत्रमा लामो अध्ययन–अनुसन्धान गरेका जोशीको हालै मात्र परम्परागत हिति प्रणालीसम्बन्धी किताब प्रकाशित छ । उनले टुकुचाको नामाकरणदेखि पानीको स्रोतसम्मको तथ्य विस्तार लगाउँदै भने, ‘काठमाडौंका अरू नदी वा खोलाजस्तो टुकुचा वरिपरिको डाँडाबाट बगेर आउँदैन । भित्रैको बस्तीबाट बग्ने पानीले टुकुचा जन्मेको हो । त्यसैले यो खोला होइन, खोल्सा मात्र हो । यदी महानगरले दाबी गरे अनुसार खोला नै रहेछ भनेपनी त्यो खोलाको मुहान कता छ ? र खोला नै साबित भयो भने पनी हाल ४४० मिटर लामो खोल्सामा बनेको करिब ५५ वटा भवनहरू रहेका छन ति भवन् भत्काउन मात्र पनी महानगर ले करिब ३ देखी ४ अर्ब खर्च गर्नुपर्ने देखिन्छ साथै, उक्त भवनहरू अबैधानिक रहेको प्रमाणित गर्नुपर्ने अर्को झन्झट त छदै छ यदी प्रमाणित भएन र भत्काईहाल्यो भनेपनी भोली अदालत ले निर्देश गर्ला कि भवन जस्को हो उस्लाई क्षतिपुर्ति दिनु भनेर आदेश गर्ला त्यो क्षतिपुर्ति मात्र करिब ६ अर्ब रुपैयाँ बराबर को खर्च गर्नुपर्ने देखिन्छ । यी सबै हेर्दा र मुल्याङ्कन गर्दा बालेन साहको सनक्को भरमा महानगर ले अरबौ रूपैया घाटा बेहोर्ने स्पष्ट देखिएको छ । यदी महानगरले साच्चिकै काम गर्नेनै हो भने सदाबहार बग्ने जलाधार भएको खोलाहरु बागमती बिस्नुमती लगायत नदीहरूमा लगानी गर्दा नगर र जनता लाई फाईदा हुनेछ । हैन भने यो आफ्नो केही हाईहाई भएकै भरमा अरबौं रूपैयाँ राज्यको पैसा स्वाहा पार्न पाईदैन ।