
हामस्टे तालिम निरन्तर रुपमा संचालन

नागार्जुन नगरपालिकाको पर्यटकीय सम्भावनायुक्त शरणपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न होमस्टे संचालन तालिम निरन्तर रुपमा संचालन भइरहेको छ। हाेमस्टे तालिम गत २०७९/५/२५ गते बाट सुरु भइ निरन्तर रुपमा चलिरहेकाे छ। पर्यटन क्षे त्रकाे विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने कुरा पर्यटन तथा नागरिक उड्यान मन्त्री जिवनराम श्रेष्ठ ले बताउनु भयाे
शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने कुरा स्पस्ट पार्नु भयाे। स्थानिय, समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले शहरी क्षेत्रमा समेत यसको सम्भावना रहेकाे बताउनु भयाे।
पर्यटकीय सम्भावना भएका गाउँ-शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्न सल्लाह दिनु भयाे।