Advertisement

बागमती प्रदेश सहकारी संघले कोपोमिस तालिम अायोजना गर्ने।

२०७९ भाद्र ३०, बिहीबार १४:५१
१८०
तीखोकलम

बागमती प्रदेश सहकारी संघले कोपोमिस तालिम अायोजना गर्ने।

मिति २०७९ असोज ८ गते शनिवार बागमती प्रदेश सहकारी संघको शिक्षा तथा तालिम उप समितिले १ दिने कोपोमिस अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको छ। संघीय सहकारी विभागका प्राविधिक विशेषज्ञबाट सञ्चालन हुने उक्त तालिमले सहकारी संघ र संस्थालाई अाफ्नो संस्थाको तथ्यांक प्रविष्टि गर्न सहज हुने र सहकारी विभागको निर्देशन पालना गर्न सहायता पुग्ने छ। तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागीहरु अाउन सक्नेछन्। भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको भवनमा हुन लागेको सो तालिम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। तालिममा भाग लिन ईच्छुक सहकारी संघ तथा संस्थाका व्यक्तिहरुले अाउँदो असोज ६ गतेभित्र अाफ्नो नाम दर्ता गराईसक्नुपर्ने जानकारी संघका व्यवस्थापक रुपक घिमिरेले तिखोकलम.कमलाई दिनुभयो।