Advertisement

हामी नजुध्नु पथ्र्यो ।

२०७९ भाद्र २९, बुधबार २०:५१
९०
तीखोकलम

हामी नजुध्नु पथ्र्यो । हामी रमेश खरेल, पुण्य प्रसाई र रवि लामिछानेहरुले ७० वर्षदेखिको अन्धकार चिर्न एउटा एउटा दियो समायौं । यो दियो जोडेर हामीले एउटा डडेलो उठाउनु थियो जसले यहाँको ७० वर्षदेखिको भ्रष्टचार, गुण्डाराज, बेथिति र राजनीतिक दलाली र विचौलियापन डडाओस् तर कतै हामी जोडिएर शक्ति निर्माण गर्नुको साटो एकअर्काको हातको दियो निभाउन त लागिरहेका छैनौं ? रमेश खरेल र पुण्य प्रसाई मिल्न सक्छन् भने मलाई लाग्छ रवि लामिछाने पनि मिल्न सक्छन् । त्यसैले साथीहरु वरिपरि बसेर गलत सल्लाह कसैलाई पनि नदिनुस् । मिल्न र जुट्ने सल्लाह दिनुस्, एकजना महान् र अर्को केही होइन भन्दै लेख्ने र सल्लाह दिँदै जानु भनेको पुराना पार्टीलाई सजिलो बनाउनु मात्र हो । एक पटक गहिरिएर सोचौं, हामी यो देशमा केही सुधार गर्न सकिन्छ भन्ने सोचले आएका हौं या प्रचण्ड, देउवा र ओलीजस्तो केवल आफू शक्तिशाली हुन ? के हाम्रो राजनीति केवल सांसद बन्ने खेलो फड्को मात्र हो ? हामी जोडिउँ भन्ने भावना र सुझाव जनताको हो र जनताले कहिल्यै गलत सुझाव दिनु हुन्न । यदि हामी हाम्रा अहंकार छोडेर मिल्न सक्यौं भने हाम्रा समर्थकहरु र हामीलाई विश्वास र माया गर्नेहरुमा ह्वात्तै आत्मविश्वास बढ्छ र जनतामा बढेको त्यो आत्मविश्वासले जुन काम गर्छ त्यो पुराना पार्टीका लागि प्रलयकारी हुन्छ । यो उज्यालो देखेको कारणले म बारम्बार कराइरहेको हुँ । निर्वाचनको समय नजिकिँदै गर्दा यस्तो पनि नहोस् कि हामी वैकल्पि शक्तिहरु एकअर्काको विरोधमा सामाजिक संजाल रंगाऊन् र परम्परागत दलहरु हाम्रो तमासा हेरुन् । फरक परिणामका लागि फरक सोचको आवश्यकता पर्छ । हामी हामी लडेर यस्तो नहोस् कि मंसिर ४ मा हामीलाई प्रत्यक्षमा ० हात लागोस् र हामीलाई माया गर्नेहरुले दिएको लाखौं भोटको रस पुराना पार्टीले खाउन् । धन्यवाद ।
तपाई भोट बदल्नुस्, हामी देश बदल्छौं
#पुण्यप्रसाद_प्रसाई
प्रतिनिधि सभा उम्मेद्वार, काठमाडौं क्षेत्र नंं. २
चुनाव चिन्ह #आमा #सचेतनेपाली                                                                सहि सत्य वचन,,,सत्यलाई अंगाल्न धेरै गार्‍हो छ यहाँ ,,यो खेल पुराना हटाउ अभियान साच्चै नयाँ शिक्षित युवावर्गको हो भने आपसमा छलफल गरेर मेरो भागमा के आउँछ,,अथवा मेरो पार्टी तपाईंसंग मिल्दा के उपलब्धि छ मलाई भनेर सोच्ने होइन ,,,सबै नयाँशक्ति एक भएको हामी हेर्न चाहन्छौं ,,,यदि लुछाचुडि नै गर्ने हो भने पुराना पार्टीका नेताले गरेकै छन् त ,,,किन दिनु नयाँ शक्तिलाई भोट,,,त्यसैले एउटै टेबलमा बसेर मन फराकिलो पारेर पुराना हटाउ अभियानमा सहभागी हुनुपर्छ ,,,नत्र खेलले पुरानै मोड लिनेमा सबै ढुक्क रहनुहोस् ,,,नयाँ शक्ति जिताउ अभियान माथिल्लो स्थरबाट सुरुवात गर्न सकेनौं हामीले भने ,,,हाम्रो हार निस्चय नै हुनेछ,,,जय राष्ट्र ,,जय नेपाल ,,                                                                                                                        धन्यबाद म एउटा देश प्रेमी जनता हो म कुनै राजनीति पार्टी मा छैन तर मेरो बिचारमा सम्पुर्ण बुद्धिजीवी देश प्रेमी एक भएर अघि बढ्नुपर्ने आवश्यकता छ रबी लामिछाने सर ,राजेन्द्र लिंगदेन ,पुण्य प्रसाइ सर ,रमेश खरेल ,अपील त्रिपाठी ,ज्ञानेन्द्र शाही ,हर्क साम्पाङ सर ,बालेन शाह, बैज्ञानिक कपील पौडेल ,महाबिर पुन, बिजय लामा ,कुलमान घिसिङ ,जस्तै सयौं देश प्रेमी एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता छ।