Advertisement

गोलभेडामा चोर हाँगा ब्यवस्थापन

२०७९ भाद्र २८, मंगलवार २२:१२
१३८
उद्धब बञ्जारा

गोलभेडामा चोर हाँगा ब्यवस्थापन (Suckers management in tomato)
==========================================
गोलभेडामा चोर हाँगा ब्यवस्थापन अत्यन्त महत्वपुर्ण कुरा हो । हुन त फलफूल बगैचामा पनि चोर हाँगा देख्ने वित्तिकै हटाउनु पर्छ भन्ने गरिन्छ । हजुरहरुले यहाँ फोटोमा प्रष्टसँग देख्न सक्नुहुन्छ । हेर्नुस त कति नजिकै लगातार तिन आँख्लाबाट पाँच ओटा चोर हाँगाहरु पलाएका छन् । यिनिहरुको पहिचान गर्न सजिलो छ, यिनिहरु हेर्दा सुन्दर स्वस्थ्य र वलिया हुन्छन्, छिटो हुर्कने प्रकृतिका हुन्छन्, प्राय सिधै माथी जाने प्रकृतिका हुन्छन् । साधारणतया चोर हाँगाहरु मुख्य काण्डवाट आउँछन् तर कहिलेकाँही साहायक हाँगाहरु र गोलभेडाको त पातमा पनि पलाउन सक्छन् यिनिहरु । नामै ले धेरै कुरा भन्छ “चोर हाँगा”, यिनिहरुले वोटमा उपलब्ध हुने खाद्यतत्वहरु सजिलै तानेर लिन्छन् र बोटमा हुनुपर्ने बृद्दिविकास एवं उत्पादन र उत्पादकत्वमा नकारात्मक असर पार्दछन् । यसको असरले वोटमा फूल फुल्न कमि हुन्छ, कम फल लाग्दछन् भने लागेका फलहरुपनि राम्रोसँग विकास हुन सक्दैनन् । यस्ता हाँगामा फल नै लाग्दैनन् र लागीहाले पनि एक दुईवटा लाग्ने हुनाले पनि यिनिहरुलाई जोगाई राख्नु हुँदैन ।
‍==========================================
ब्यवस्थापन : यस्ता चोर हाँगाहरु देख्ने वित्तिकै हटाउनु पर्छ । हटाउँदा सिकेचर अथवा सिजर/कैचीको प्रयोग गर्न सकिन्छ । हातले भाँच्दा पनि साह्रै सजिलो सँग भाँचिने खालका हुन्छन् तर भाँच्दा फेदवाटै भाँच्नु पर्दछ । भाँच्दा हाँगा लाछिने तथा अन्य हाँगाहरुमा असर पुग्न सक्दछ तसर्थ यसको लागी सावधानी अपनाउनु पर्दछ ।