
डेंगु रोग सम्बन्धि महत्त्वपूर्ण जानकारी
- Dengue रोग सम्बन्धि महत्त्वपूर्ण जानकारी , अध्ययन गरौं र शेयर गरौं ।
………………………………..
डेंगु कसरी थाहा पाउने (How to know dengue)?
– उच्च ज्वरो आउनु
– टाउको, आँखाका गेडी, ढाड तथा हातखुट्टा निकै दुख्नु
– ज्वरोको औषधि खाँदा पनि ज्वरो आइरहनु
– वाकवाकी लाग्नु / मुख तितो हुनु
– नाक, मुख वा अन्य ठाउँबाट रगत आउनु
यी लक्षणमध्ये कुनै देखिएमा तुरुन्त आफ्नो चिकित्सकसंग जांच गराउने |
परिक्षण ( Test)
– Dengue NS1, IgM, IgG मध्ये कुनै १ वा २ पोजिटिभ देखिनु ( सुरुमा NS1, बीचमा IgM तथा निको भएपछि IgG पोजिटिभ देखिन्छ ) |
– Blood CBC परिक्षणमा WBC, Platelets खास गरेर Platelets घट्दै जान्छ, लिभर इन्जाइम बढ्न सक्छ |
.
कहिले अस्पताल भर्ना हुने (When to be hospitalized)?
.
– प्लेट्लेट्स ७० हजारभन्दा तल घटेमा
– शरीरको कुनै ठाउँबाट रगत आएमा
– खाना तथा पानी खान नसकेमा / कम भएमा
– ज्वरो नियन्त्रण नभएमा
………………………………..यी मध्ये कुनै १ भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्दछ |
– ज्वरो तथा दुखाइको लागि पारासिटामोल / एसिटामिनोफेन मात्र सेवन गर्ने | ब्रुफेन मिसिएको, निमुसेलाइड, एस्पिरिन लगायतका पेन किलर नखाने | यी औषधिले रगत पातलो बनाएर वा आन्द्रामा घाउ बनाएर रक्तश्राब हुनसक्छ |
– रक्तश्राबजन्य डेंगी खतरनाक हुन्छ |
– डेंगी सक सिन्ड्रोम खतरनाक हुन्छ |
.
चिकित्सकले लेखेको औषधि ( लाक्षणिक ) नियमित सेवन गर्ने, पानी प्रशस्त पिउने, मेवा/ किवी/ अनार / जुनार / काँक्रो / पालुंगो र मेथीको साग तथा अन्य पोषिलो र झोलिलो खाना नियमित खाने | ज्वरो नियन्त्रणमा राख्ने | ४-५ दिनमा निको हुन्छ |
Source Dr. Rabindra Pandey