
किड्नी सफा राख्न धनिँया

किड्नी सफा राख्न धनिँया
किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ । = भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । =एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । = काटेको धनियाँलाई राम्रोसँग धुने । एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने । पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने । = १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने । =यसरी सेलाएको पानी एक ग्लास पिउने । = दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ । = किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनु हाेस।