Advertisement

लन्डनको सेन्ट जेम्स स्कूलमा  संस्कृत सिकाइन्छ….!!

२०७९ भाद्र २८, मंगलवार ०७:३३
११७
तीखोकलम

लन्डनको सेन्ट जेम्स स्कूलमा  संस्कृत सिकाइन्छ….!!

सो स्कुलको आधिकारिक वेबसाईटमा संस्कृत भाषाको महत्त्व बारे यस्तो लेखिएको छ-

संस्कृत एक उत्कृष्ट शास्त्रीय भाषा हो जुन साना बच्चाहरूले सरल तरिकाले सिक्न सक्छन् । यसको पूर्ण अध्ययनले आधुनिक विद्यार्थीको उमेर र क्षमता बढ्दै जाँदा उसको दिमागको विकासको लागि उपयुक्त वातावरण तयार पार्दै शैक्षिक कठोरतालाई सरल बनाउन प्रोत्साहित गर्दछ। विद्यालयमा नियमित सिकाइने संस्कृत भाषिक काव्य तथा साहित्यिक पाठ्यक्रमले बाल मस्तिष्कलाई फराकिलो बनाउन सहयोग गर्दछ । संस्कृतका श्लोकहरु अध्यन गरेर त्यसको ब्याख्या गर्नसक्ने युवाहरुको दिमागले मानव विचारको विश्वव्यापीता र आत्म-अभिव्यक्तिको गहिराइमा पुग्नसक्ने क्षमता राख्दछ । व्यक्ति भित्र रहेको आन्तरिक खुबीलाई जगाउनको लागि संस्कृत एक उत्तम उपकरण हो जसले तिनीहरूलाई बढ्दो विश्वव्यापी समाजको चुनौतीहरूको लागि तयार गर्न मद्दत गर्दछ ।