१५औं वार्षिक साधारण सभा तथा छैठौँ अधिवेसनको कार्यक्रम सम्पन्न!

२५ भाद्र नागार्जुन ,काठमाडौँ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आज १५ औं वार्षिक साधारण सभा तथा छैठौँ अधिवेसनको कार्यक्रम नागार्जुन नगरपालिका वडा नम्बर ३को रीड मोडल स्कूल परिसरमा सम्पन्न भयो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्री प्रताप दानीको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई विशेष अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक बासु देव खतिवडा तथा सामुदायिक प्रहरी केन्द्रका आजीवन सदस्य हरु मध्ये जेष्ठ सदस्य तथा संरक्षक श्री सिंह बहादुर कार्की ज्यूले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियों
समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष श्री शंखबिर पुतुवारले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको उद्घोषण केन्द्रका महासचिव सरला श्रेष्ठले गर्नुभएको थियो।
उक्त कार्यक्रमलाई नागार्जुन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा यस केन्द्रका आजीवन सदस्य श्री थुम राज केसी, वडा नं ३ का वडा अध्यक्ष तथा केन्द्रका आजीवन सदस्य श्री उमेश लामा ज्यूले शुभकामना मन्तव्य दिनुभएको थियो।
मन्तव्यको क्रममा नागर्जुन नगरपालिका वडा नं २ का वडाध्यक्ष तथा यस केन्द्रका आजीवन सदस्य श्री थुमराज केसीले यस केन्द्रका कार्यक्षेत्र वडा नं १,२ र ३ मा एक घर एक सदस्यको अवधारणाका अघि सार्नु भएको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष श्री उमेश लामाले नजिकिदै गरेको विजय दशमीको शुभकामना दिँदै हाल फैलिरहेको डेंगु नियन्त्रणमा सबैले जनचेतना फैलाउन अनुरोध गर्दै चाडपर्वको मुखमा हाम्रो समाजमा घट्ने गरेका चोरी, डकैती लुटपाटका घटनाहरुलाई सुरक्षाकर्मी तथा सम्पूर्ण नागरीकको पहलमा एउटा टिम बनाएर समाधान गर्न जोड दिनुभयो।
केन्द्रका आजीवन सदस्य तथा जेष्ठ नागरिक ८५ वर्षीय श्री सिंह बहादुर कार्कीले यो संस्था भूतपूर्व प्रहरीहरुद्वारा सञ्चालन गरिएकाले चोरी ,डकैतीका घटनाहरु कम भइरहेका र यस साधारण सभामा वर्तमान कार्यसमितिलाई नै सर्वसम्मत गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो।
विशेष अतिथि काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक श्री बासुदेव खतिवडाले विश्वमा बेलायत, जापान र सिंगापुरमा उत्कृष्ट सामुदायिक प्रहरी रहेको बताउँदै समयचक्रले आपराधिक क्रियाकलापका माेडलहरु पनि बढ्दै गएकोले सिमित श्रोत र साधनले नियन्त्रण गर्न कठिनाई रहेको कुरा बताउनु भयो।
आज सम्पन्न छैठौं अधिवेशनले सर्वसम्मतबाट निम्न कार्य समिति चयन गरिएको छ।
अध्यक्ष : प्रताप दानी
उपाध्यक्ष : शंखाविर पुतुवार
महासचिव : सरला श्रेष्ठ
सचिव : सीता खतिवडा
कोषाध्यक्ष : विष्णु माया भण्डारी (विनु)
सह-कोषाध्यक्ष : हर्क राई
सदस्य : रमेश लामा
सदस्य : रमेश पाठक
सदस्य : कृष्ण बहादुर कुँवर
सदस्य : विमला महर्जन
सदस्य : शान्ता अर्याल पन्त
सदस्य : रुक्मणी कार्की
सदस्य : सविता प्रधान
सदस्य : तिलक बहादुर खड्का
सदस्य : सुनिता कनौडिया श्रेष्ठ
नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरुमा बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।