Advertisement

ट्राफिक जाम हुनुकाे मुख्य कारणहरू

२०७९ भाद्र २४, शुक्रबार २०:४६
१२८
उद्धब बञ्जारा

काठमाडौंकाे अस्तब्यस्त सावरीसाधन जाम ब्यवस्थित जाम ब्यवस्थित गर्न DIG मिरा चाैधरीलाई कम्तिमा १ बर्ष नभए २ बर्ष ट्राफिक ब्यावस्थित गर्ने जिम्मा दिनुपर्ने देखिन्छ।६/६ महिनामा ट्राफिक प्रमुख फेरिने प्रथाकाे अन्त्य गरिनुपर्छ।
ट्राफिक जाम हुनुकाे मुख्य कारणहरू…तत्काल ब्यवस्थित गर्नुपर्ने केहि.टिप्सहरु॥
१.सर्वप्रथम ट्राफिक लाइट ब्यावस्थित गरिनुपर्ने देखिन्छ।
२..महानगर भित्र चल्ने बस तथा अन्य सवारीसाधनहरू निश्चित स्थानमा (बसहरू बस बिसाैनीमा)मात्र राेक्ने कडाइका साथ नियम लागु गर्नुपर्छ।महानगर भित्र हाल गुडिरहेका बसहरू जथाभाबी यात्रु चडाउने ओराल्ने गर्नाले जाम हुनुमा मुख्य खेलेकाे छ।
३. दुई पाङ्ग्रे सवारीसाधन माेटर साइकल र स्कुटरहरूले जथाभावी घुमाउदा बाटाे काट्दा सवारी जाम र दुर्घटना हुने सम्भावना बढ्दाे छ।
४. निजि चार पाङ्ग्रे सवारीसाधनहरूमा प्राय फाेनमा कुरा गर्दै हिड्ने अघि पछिका सवारीसाधन नहेरी पहिलाे लेनमा (स्पिड लेनमा) मस्त गफ गर्दै हिड्ने गरेकाे पाइन्छ।यस किसिमका कृयाकलाप नियन्त्रण गरिनुपर्छ।
४. अहिले बजारमा चलिरेहेका हात्ती गाडि भनिने सवारीसाधनले जथाभावी (कुनै जमानाकाे बिक्रम टेम्पाेकाे झल्काे)बाटाे काट्ने गरेकाे पाइन्छ। नियन्त्रण गर्नुपर्ने देखिन्छ।
नाेट: सवारीसाधनकाे लाइसेन्स बितरण गर्दा सवारीसाधन संम्बन्धि पुर्ण ज्ञान भएपछि मात्र लाइसेन्स दिइनु पर्छ।कुन लेनमा बाटाे काट्ने नकाट्ने ज्ञानकाे अभाव देखिन्छ,कारवाही गरि प्रशिक्षण दिनु पर्ने देखिन्छ।।अहिलेकाे चालकहरूले जानि जानि अटेर गरि अथवा अटेर गरि लाइन अनुशासन पालन नगर्ने चालकहरू माथि कडा कारबाही गरिनुपर्छ।