हामी कस्तो संस्कार, समाजमा हुर्किदै छैा ?
भाद्र १ गते नगरकोट होटलमा बलात्कार भएको मानिस
फेरी ५ गते दिनभर त्यहि बलात्कारी सग किन घुम्न जान्छ ?
यदि केटीको इच्छा विपरित
एक पटक बलात्कार भएको हो भने
उक्त पुरुष सग त्यो केटीलाई डर हुन पर्ने हो
तर फेरी राती ११ बजेर ५५ मिनेटमा होटल किन छिरिन्छ ?
केटीको अभिभावक पनि त होलान नि ।
नाबालिक छोरी रातभर हराउदा नि नबोल्ने
हामी कस्तो संस्कार समाजमा हुर्किदै छैा ?
होटलमा सिसि क्यामेरा त रहेछ नै
क्यामेरामा सन्दिपले जबर्जस्ति घिसार्दै लगेको छ कि
दुबै जना मस्किदै होटल छिरेको छ ?
फुटेज सार्वजनिक गरौ न ।
युरोपियन मुलुकमा १३-१६ वर्ष,
अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष,
एङ्गोला र फिलिपिन्समा १२ वर्ष, जापानमा १३ वर्ष,
नर्थ अमेरिकामा १५ वर्ष,
साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष तोकिएको छ
तर नबुझेको कुरो
यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि
मेडिकल जाचले ?
मौसममा भएका परिवर्तन, हावापानी, खानपान,
व्यायाम आदीको कारण वास्तविक उमेर भन्दा छिटै
आजको बच्चा युवा अवस्थामा प्रवेश गरिरहेको छ ।
१७ वर्ष ३६४ दिनको हुदा नाबालिक
अनि १७ वर्ष ३६५ दिनको हुदा बालिक ।
यो विषय आफैमा सोचनिय हुन्छ ।
प्रेम पश्चातको यौन र जबर्जस्ति गरिएको यौन ।
कसलाई बलात्कार मान्ने ??
के बहस आवस्यक छैन र ??
यदि कानुनले नाबालिक उमेर भनेर तोकिएको व्यक्ती
प्रेममा परेर यौन सम्बन्धमा पर्दछ भने
यौन सम्पर्ककर्ता बलात्कारी ठहर्छ र
कानुनी सजायको हकदार हुन्छ भने
आफ्नो सन्तानको गतिविधि माथि निगरानी नगर्ने
अभिभावकलाई गैर जिम्मेवार ठानेर
तिनलाई नि कारबाहीको दायरामा ल्याउनु पर्छ ।
सन्तानलाई सस्कार दिने,
उनिहरूको गतिविधिमा निरिक्षण गर्ने काम कसको हो ?
बहस गर्न अाबस्यक छ।