Queen Elizabeth IIकाे96बर्षकाे उमेरमा निधन

युके को रानी महारानी एलिजाबेथ द्वितीय को ९६वर्षको उमेरमा निधन भयाे।उहाँ सन १९२६मा जन्मनु भएको थियाे।सन१९५२मा बुबाकाे निधन पछि महारानी एलिजाबेथ द्वितीय ले राजगद्दी समाहल्नु भएको थियोे ।७० बर्ष लामाे राजगद्दी समाल्नु भएको थियोे ।युके मात्र नभएर बिश्वकाे सबभन्दा धेरै राजगद्दी समाल्ने रानी महारानी एलिजाबेथ हुनुहुन्छ। महारानी एलिजाबेथ द्वितीय वि.सं. २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन्। राजा महेन्द्रले २०१७ सालमा संसदीय व्यवस्था विघटन गरेर सत्ता हातमा लिएपछिको तुरुन्तै महारानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमणको लागि निम्तो दिएको थियो। बेलायती महारानीको नेपाल भ्रमण हुने भएपछि छिमेकी भारत क्रुद्ध भएको थियो, राजा महेन्द्रलाई भ्रमण नगराउन चौतर्फी कुटनैतिक दबाब दिइरहेको थियो, राजा महेन्द्र सहमत नभएपछि भारतिय दूतावासले सोझै बेलायती दूतावासलाई चिट्ठी लेखेर नेपालमा सुरक्षाको वातावरण छैन त्यसैले यो भ्रमण रद्द गर्न आग्रह गरेको थियो। यी सबैको बाबजुद महारानीको भ्रमण सप्पन्न भयो त्यसपछिका दिन देखि राजा महेन्द्र र भारतको संस्थापन बिचमा मनमुटाव सुरु भएको थियो।
नेपालको राजनीतिक इतिहासमा गहिरो सम्बन्ध जोडिएका तिनै महारानी एलिजाबेथ द्वितीयको आज देहावसान भएकाे छ। उहाँ प्रति हार्दिक श्रद्धाञ्जली।