
रवि लामिछाने

म बुझ्छु, नखाएको बिष लाग्दा कस्तो हुन्छ । मलाई थाहा छ, निर्दोष हुँदाहुँदै ‘कैदी’ बन्नु पर्दा कस्तो हुन्छ ।
हो, मैले नियम कानुन पछ्याइन । मानवता पछ्याएँ । आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एकजना आममानिस पक्राउ परेको सहन सकिन । गएँ । पक्राउ गरिएकालाई भेटेँ । मेरो भ्रम हुन सक्ला, तर मैले ति निर्दोषलाई भेटेको कुरा मान्छेहरुलाई थाहा दिन सकें, ति कर्तव्यपरायणका पक्षमा माहौल श्रृजना हुन सक्छ भन्ने सोचेँ । फोटो राखेँ ।
त्यहाँका प्रहरीले पनि सायद मेरो अनुभूतिमात्रै देखे, कानुन देखेनन् । उनीहरुले पनि सायद मानवता र आत्मियता भन्दा अतिरिक्त केहि कुरा देखेनन् र त सहजै भेट्न दिए। त्यसैले ति प्रहरीहरु त दोषी हुँदै होइनन् ।
दोष आफ्नो अहममा धक्का पुग्दा जोकसैलाई पक्राउ गराउने र राजनीतिक घाटा हुन थालेमा एक आदेशले छुट दिनेहरुको हो । कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्नु हुदैन ।
रवि लामिछाने ।