नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने

नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइटा होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरीले सुरू गरेको छ। नेपाल क्रिकेट संघ (CAN)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । उनका नाममा नाबालिकले बलात्कारको उजुरी दिएकी थिईन्। नाबालिकाबाट परिपक्कता खोज्ने समाजले उमेर पुगेका पुरुषहरुमा नैतिकता हुनुपर्छ भन्ने सोच्नु पर्छ की पर्दैन ? यो समाजका हरेक बलात्कारीको हातमा हत्कडी लागेको र जीवन जेलभित्र सडेको हेर्न मन छ ! मन मिले चमत्कार नमिले बलात्कार भन्दै नारा लगाउनेहरु पनि यहि अपराधिक सोचबाट ग्रसित मनोरोगीहरु हुन् ! कलिलै उमेरमा अर्काको भावनात्मक र शारीरिक शोषण गर्नुभन्दा पहिले एकक्षणको लागि पनि त्यसको परिणामबारे सोच्न नसक्ने पुरुष-महिला जोसुकै होस् तिनीहरु अपरिधि हुन्, त्यस्ताले सजाय पाउनैपर्छ ! विभिन्न मिडिया,सोसल मिडयामा सन्दिप लामिछाने केशमा आरोप पुष्टि भए जसरी कुराहरू लेखिएको छ। यो आरोप र जाहेरी मात्र हो। अनुसन्धानको विषय हो। जाहेरी दर्ता भएको छ। गरेकै हो भनेर समाचार बनाउनु र अरू कसैले पोस्ट गर्नु एक पक्षको लागि अन्याय हुन्छ। बाँकी काम कानुन र सम्बन्धित निकायले गर्छ। गर्न दिउँ।
आरोप पुष्टि भएपछि कानुन अनुसार कारबाही पनि हुने नै छ।