Advertisement

नेपालवाद

२०७९ भाद्र १९, आईतवार ०५:०१
११२
उद्धब बञ्जारा

नेपालवाद🇳🇵🇳🇵
आज नेपालमा विभिन्न वादहरुले हैकम जमाएका छन् । हामीले मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद, साम्यवादजस्ता शव्दहरु सुन्दै आएका छौँ । त्यस्तै जातिवाद, संशोधनवाद, विस्तारवाद, साम्राज्यवाद, उपनिवेशवादलगायत अन्य वादहरुको वारेमा पनि हामीले बेला बखतमा सुन्ने गरेका छौँ।
विदेशमा उत्पादित मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद र साम्यवाद जस्ता वादहरुले आज नेपालमा एक छत्र शासन गरिरहेको अवस्था छ ।विदेशवाट आयातित वादहरुलाई यति धेरै मान्यता दिइएको छ कि मानौँ नेपाल र नेपाली जनताको मुक्तिको वाटो भनेको मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद र साम्यवाद नै हो ।
नेपाल आज विभिन्न विषयवस्तुहरुको क्रीडास्थल बनेको छ, परीक्षणस्थल बनेको छ । विभिन्न वाद रुपी औषधी विदेशवाट आयात गरी यहाँका राजनीतिक पार्टीले विभिन्न औषधी पसल संचालन गरेका छन् । ती औषधी पसलवाट विभिन्न नाममा ढाँटेर छलेर औषधी बेचिरहेका छन् । कसैलेलाई टाउको दुखेको निको हुन्छ, भनिरहेका छन् त कसैलाई ज्वरो आएको निको हुन्छ भनिरहेका छन् ।
जस जसले अहिलेको प्रचलित वादवाट मूलुकले निकास नपाउने भन्दै वैकल्पिक वादको वा विचारको आवश्यकता महशुस गरिरहनु भएको छ तर किन भन्न सकिरहनु भएको छैन नेपाल र नेपाली जनतालाई अब नेपाल वादको खाँचो छ ?? अब हामीले आफ्नो राष्ट्रलाई समृद्व बनाउन नेपालवादको निर्माण गर्न पर्दछ, अबको हाम्रो गन्तव्य नेपाल वाद हो र नेपालवादले नै हामी समृद्व हुन सक्दछौँ ।
कुनै हचुवाको भरमा नेपालवाद बन्न सक्दैन, सिँगो नेपाललाई अध्ययन गरेर हेर्दा यहाँ धेरै समस्याहरु छन्, चुनौतिहरु पनि छन्। अब ती समस्या र चुनौतिलाई पार लगाउन नेपाली जनताले नेपाली भूमिमा बसी नेपाली खाना र पानी खाँदै बनाएको नेपालवाद आजको आवश्यकता हो ।
खबरदार विदेशी दलालहरु !! कसैले हिजो जस्तो जवरजस्त विभिन्न आयातित वादहरु नेपाल र नेपाली सामू नथोपरे हुन्छ किनकी अब नेपाली जनता चलाख भई सके !!!
हामीलाई दुनियाँमा फेल भैसकेको कुनै बिदेशी दलालको मार्क्सवाद र लेनिनवाद चाहिएको होइन, हामीलाई त पृथ्वीनारायण शाहको पथमा अधिन रहने नेपाल सुहाउने ब्यबस्था नेपालवाद चाहिएको हो ।
अब नेपालीहरुको भाग्य र भविष्यको फैसला गर्ने नेपालवादी सिद्वान्तको आविष्कार गर्न
“राष्ट्रियता प्रजातन्त्र उद्धारवाद”
को नारा लिएर अघि बढेको राष्ट्रवादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मन वचन र कर्मले सहयोग गरी नेपालवाद निर्माण गर्ने यो अभियानमा सहकार्य गरी सहमति जनाउन तीन करोड नेपालीहरुमाझ हार्दिक अनुरोध गर्दछौं ।
जय नेपालवाद 🇳🇵