Advertisement

बागमति प्रदेश सहकारी संघको अाोजनामा कोपोमिस तालिम सम्पन्न

२०७९ भाद्र १८, शनिबार २१:२८
११६
उद्धब बञ्जारा

बागमति प्रदेश सहकारी संघको अाोजनामा कोपोमिस तालिम सम्पन्न।

अाज मिति २०७९ भाद्र १८ गते शनिवार बागमति प्रदेश शहकारी संघको शिक्षा तथा तालिम उप समितिको अायोजनामा १ दिने कोपोमिस तालिमको अायोजना गरेको छ । उक्त कार्यक्रमको सञ्चालन संघका व्यवस्थापक रुपक घिमिरेले गर्नु भएको थियो। सहकारी विभागका प्राविधिक अधिकृत अमोद पुडासैनीले सहजिकरण गर्नु भएको उक्त कार्यक्रममा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले यस्तो तालिमले सहकारी विभागले डिजाइन गरेको कोपोमिस तालिमले सहकारी संस्थाहरुको तथ्यांक एकीकरण गरेर नियमन गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष तथा शिक्षा तथा तालिम उप समितिका संयोजक जगतलाल महर्जनले तालिमको अौचित्यको बारेमा प्रकाश पार्दै यसको प्रयोग सहकारी संघ तथा संस्थाहरुले व्यवहारमा उतार्न अाग्रह गर्नुभएको थियो।ऊक्त तालिममा बागमति प्रदेशका विभिन्न जिल्लाका ५३ जनाको सहभागिता रहेको तालिम ललितपुरको खुमलटारस्थित ट्रिनिटि होटलमा भएको थियो।