Advertisement

नेपाली राजनिति मा जन्मेकाे नया बहस

२०७९ भाद्र १८, शनिबार ११:५५
१०२
उद्धब बञ्जारा

 

चुनाव भनेको पैसा र पावरको खेल अनि षड्यन्त्रको प्रतिस्पर्धामात्र हो भन्ने मानसिकता हाबी हुँदै जानुले नेपाली राजनीतिमा विचार, सिद्धान्त र नीतिमाथि ठूलो चुनौती थपिएको छ।
विचार र भिजन भएका असल युवाहरूको जमात भन्दा राजनीतिक विसंगतिले पैसा कमाएका ठेकेदार प्रवृतिका व्यक्ति पार्टीभित्र हाबी हुँदै गएका छन्।
अदालतबाट दोषी ठहर भएका र प्रहरीले विभिन्न वर्ग बनाएर सूचीमा राखेका गुण्डाहरूले निर्वाचनमा स्थान पाएका छन्।
नेपाली राजनीतिमा धनवाद यसरी हाबी हुँदै जाने हो भने वैचारिक बहस, विधिको शासन, नैतिक चरित्र, नीतिका कुरा, सिद्धान्तका विषय लोप हुँदै जाने अवस्थामा पुग्नेछन्। राजनीतिलाई ‘निड एन्ड क्लिन’ बनाउनका लागि यी विषयमा सुधार गर्नुपर्ने हुन्छ।

के राजनीतिमा धनवाद र पावरवादको अन्त्य छैन? यसलाई जरैदेखि उन्मूलन गर्न तपाईँ–हामी किन सजग नहुने? किन नेतृत्वलाई दबाब नदिने ? लोकतन्त्र बचाउन, पार्टीभित्र विधिको शासन, नीति÷नियम, सिद्धान्त र विचारलाई जीवन्त राख्न कस्तो नेतृत्व चयन गर्ने भन्ने विषयमा सबैले विचार पुर्‍याउनुपर्ने बेला आएको छ।
आगामी चुनावमा यस्ता प्रवृत्तिबाट उदाएकाहरूलाई जनताले विस्थापित गर्नैपर्छ र देशमा कानुनी राज छ भन्ने देखाउनुपर्छ। तबमात्र यो प्रवृत्ति अन्त्य हुन्छ। देश विकास र सबलीकरणका लागि क्षमतावान् र निष्ठापूर्वक राजनीति गर्नेलाई प्रोत्साहन गर्दै धनवाद र पावरवादको अन्त्य गर्नैपर्छ।