
ललितपुर जिल्ला कालीदेवी मा .वि .बुखेलमा पूर्वविद्यार्थी संघ गठन

सन्ताेष बञ्जारा
ललितपुर/ १७ भदौ, ललितपुरको महांकाल गाउँपालिका वड नं. १ बुखेलस्थित कालीदेवी मा.वि.मा पूर्वविद्यार्थी संघ गठन भएको छ । कालीदेवी माविस्थापना भएदेखि हालसम्म एसएलसी वा एसइइ उतिर्ण भएकाहरु मध्येबाट उपस्थित करिव ४५/५० जना पूर्वविद्यार्थीहरुकाे भेलाले राजन तिमल्सिनाकाे अध्यक्षतामा पूर्व विद्यार्थी संघ गठन गरेको हाे ।
आज शुक्रबार विद्यालय परिसरमा भएको भेलाले राजन तिमल्सिनाकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हाे । समितकाे उपाध्यक्षमा प्रमिला तिमल्सिना, सचिवमा यूनिक दाहाल (अनिष्थ), सहसचिवमा सिताराम घिमिरे, काेषाध्यक्षमा विमला तिमल्सिना चयन भएका छन्।
त्यस्तै दिपक दाहाल, अस्मिता तिमल्सिना, सुशीला घिमिरे र रविन घिमिरे समितिकाे सदस्यमा चयन भएका छन् ।साथै पुर्ब बिद्यार्थी तथा पहिलो slc ब्याज बाट सल्लाहकार मा रामचन्द्र तिमल्सिना लाई राखिएको छ ।