
प्रहरी सवारी चालकलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

अाज १७ गते
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना र दुगड ब्रदर्श एण्ड सन्स् को प्राविधिक सहयोगमा प्रहरी सवारी चालकका लागि १ कार्य दिन अवधीको “सवारी चालक पुनर्ताजगी प्रशिक्षण” कार्य सम्पन्न गरिएको छ । उक्त प्रशिक्षणमा बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुमा प्रहरी सवारी चालकको रुपमा कार्यरत ३९ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका प्राविधिक प्रशिक्षक एवं दुगड ब्रदर्श एण्ड सन्स् बाट खटिआएका General Manager सहितको प्राविधिक टोलीले प्रशिक्षण प्रदान गरेको हो । प्रशिक्षणको क्रममा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, आईपर्ने सामान्य समस्या, चालकबाट आपनाउनुपर्ने सावधानीका बारेमा ज्ञान दिनुका साथै चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा समेत प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यस किसिमका प्रशिक्षण कार्यबाट चालकको रुपमा कार्यरत प्रहरी कर्मचारीमा क्षमता अभिवृद्धि हुनुका साथै सामान्य त्रुटिका कारण हुनसक्ने दुर्घटना न्युनिकरणमा फलदायी हुनेछ भन्ने कुरा व्यक्त गर्नुभयो । साथै चालकमा सामान्य मेकानिकल ज्ञानका साथै यान्त्रीक एवं सडक अनुशासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।